spot_img

थुलुङ दुधकोशी–२० दिनमै पुग्यो १२५ घरमा खानेपानी, अध्यक्ष राईले गरे उद्घाटन

spot_img

असार ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले २० दिनकै अवधिमा करिब ९ किलोमिटर दुरीमा खानेपानी पु¥याएको छ । पालिकाको खानेपानी व्यवस्थापन बोर्डले खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा गत चैत्र ७ गतेबाट सुरु गरेर चैत्र २७ गते सम्पन्न गरेको घुम्नेपानी–बुडिडाँडा खानेपानी आयोजनाको आज सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन् ।

Advertisement

यससँगै सो क्षेत्रका नागरिकहरुको वर्षौदेखिको खानेपानी समस्याको दिगो रुपमा समाधान भएको छ । बुडिडाँडामा उक्त खानेपानीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको खुसीले आफुलाई सन्तुष्टि मिलेको बताए ।

Advertisement

देउसा र बुढीडाँडावासीहरु खानेपानीकै लागि घण्टौँ हिड्नुपर्ने बाध्यताबाट सधैका लागि मुक्त भएकाले नागरिकको खुसीले आफुहरुलाई सन्तुष्टि मिलेको उनको भनाई छ । यस्तै वडा नम्बर ७ का अध्यक्ष एवं पालिका स्तरिय खानेपानी बार्डका संयोजक भोजराज कार्कीले नागरिकको प्रत्यक्ष सहभागीतामा छोटो समयमै १०० भन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराउन सफल भएको बताए ।

Advertisement

पाइप लगायतका सामाग्रीहरु खानेपानी कार्यालयबाट प्राप्त भएको भएपनि अन्य कार्यहरु स्थानीय जनश्रमदानबाटै जुटाइएको उनको भनाई छ । वडा नम्बर ८ का वडाध्यक्ष राजेशबाबु किराँतीले नागरिकको प्रत्यक्ष सहभागीतमा गरिएको विकास छिटो र छरितो हुने बताए । सबैले विकासमा तेरो, मेरो भन्ने भावनालाई त्यागेकै कारण काम छिटो सकिएको उनको भनाई छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुबास बस्नेतले सबैको सहयोग र सहकार्यका कारण काम सुरु गरेको २० दिनमै घर–घरमा खानेपानी पुगेको बताउनुभयो । स्थानीय जनप्रतिनिधिको सही नेतृत्व र नागरिकको सकृय सहभागिताका कारण कामले गति लिएको उनको भनाई छ ।

उक्त खानेपानी वडा नम्बर १ नेले क्षेत्रको मुहानबाट करिब ९ किलो मिटरको दुरीमा पु¥याइएको छ । बुढीडाँडा क्षेत्रका खानेपानीको मुहान नहुँदा सो क्षेत्रका सयौँ घर नागरिकहरु वर्षौदेखि खानेपानीका लागि घण्टौँ हिडन् बाध्य बनेका थिए ।

पहिलो पटक घर आँगनमै स्वच्छ पिउने पानी आएसँगै उपभोक्ताहरु खुसीले दंग भएका छन् । उनीहरुले खानेपानी कार्यालय, उपभोक्ता समिति, र जनप्रतिनिधि लगायत सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै