spot_img

सत्य प्रेस समाचार प्रभाव : फाप्लु नयाँबस्तीको निर्माणधिन बसपार्कको अनुगमन

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँबस्तीको निर्माणाधिन बसपार्कको अनुगमन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाबाट विनियोजित करिब ८० लाखको लागतमा निर्माण भईरहेको निर्माण कार्यमा गुणस्तरहीन काम भएको समाचार बाहिरिएसँगै आईतबार सोलुदुधकुण्ड नगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना, जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले स्थलगत अनुगमन तथा निरिक्षण गरेको हो ।

Advertisement

बस पार्कको ढलान कतिपय ठाउँमा रड विनानै गरिएको र रडहरु कम परिणामको प्रयोग भएको समाचार सत्य प्रेस डटकमले शुक्रबार प्रकाशन गरेको थियो । अनुगमनमा नगरप्रमुख नाम्गेल जाङबु शेर्पा, आयोजना प्रमुख डा.युवराज पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ लगायतका टोलीले स्थलगत निरीक्षण तथा अनसुगमन गरेका हुन ।

Advertisement

सघन सहरी तथा भवन निर्माण आयोजनाको कुल ८० लाख बजेटमा निर्माण भइरहेको बसपार्क निर्माण कार्यमा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको नागरिकको गुनासासहितको समाचार प्रकाश भएपछि नियमनकारी निकायले चासो दिएको हो । अनुगमनका क्रममा निर्माण कार्यमा कमजोरी पाइएको भन्दै त्रुटिरहित ढंगबाट काम गर्न निर्माण कम्पनी यत्ति निर्माण सेवाका प्रतिनिधि दिलकुमार बस्नेतलाई निर्देशन दिए ।

Advertisement

नगरप्रमुख शेर्पाले निर्माण कार्यप्रति निर्माण कम्पनी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै नागरिकको आवश्यक्ता भन्दा फरक पकृतिको काम भइरहेको दाबी गरे ।साथै डि.पि.आर अनुसारको कार्य नभएको, बसपार्कको क्षेत्रफल र अन्य पुर्वाधारका कामहरु सन्तोषजनक नभएको भन्दै पुनः निर्माण गर्न ठेकेदार कम्पनीलाई नगरप्रमुख शेर्पाले निर्देशन दिए ।

हाल गुणस्तरहीन काम भएको ढलान भत्काएर पुनः ढलान गर्न लगाइएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका प्रमुख डा.युवराज पौडेलले बताए । निरीक्षणमा वडाध्यक्ष युवास तामाङ लगायतको पनि उपस्थिती थियो

सम्बन्धित समाचार

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै