spot_img

फाप्लु नयाँ बस्तीको बसपार्क निर्माणमा गम्भीर लापरवाही ! ढलान नै भत्काइयो

spot_img

सोलुखुम्ब । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँ बस्तीमा निर्माणाधिन बसपार्क निर्माण कार्यमा ठेकेदार कम्पनीले गम्भीर लापरवाही गरेको पाइएको छ । नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाखको लागतमा निर्माण भईरहेको उक्त आयोजनामा ठेकेदार कम्पनी यति निर्माण सेवाले गुणस्तरहीन काम गरेको पाइएको हो ।

Advertisement

बसपर्कको ढलानमा कम्पनीले प्राविधिक स्टामेट भन्दा बाहिर गएर कतिपय ठाउँमा रड विना नै ढलान गरेको पाइएको छ भने रड विच्छ्याइएको ठाउँमा समेत ८/१० एमएमको रड प्रयोग गर्नुपर्नेमा ८/८ एमएमको रड प्रयोग गरेको भेटिएको हो ।

Advertisement

निर्माण कम्पनीले रातारात गुणस्तरहीन काम गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । कम्पनीले नागरिकको आँखामा छारो हाल्नकै लागि राती ८ बजेपछि ढलानको काम सुरु गरेर गुणस्तरहीन काम गरेको फाप्लु टोल सुधार समितिका अध्यक्ष दोर्जी तामाङले बताए ।

Advertisement

ठेकेदारका कम्पनीले मुख्य सडकबाट बसपार्क सम्म पुग्ने बाटो र बसपर्क ढलानको जिम्मा पाएको थियो । उक्त त्रुटिको विषयमा निर्माण कम्पनीका प्रतिनिधि दिल कुमार बस्नेतले जवाफ दिन चाहेनन् भने अर्का प्रतिनिधि दावा शेर्पासँग फोन सम्पर्क हुन सकेन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर जाम्गेल जाङ्बु शेर्पाले उक्त ढालन भत्काइएकाले आगामी आइतबार मात्रै प्राविधिकसहितको उपस्थितीमा ढलान गरिने बताए । नगरपालिका भित्र भएका कार्यमा गुणस्तहीन काम हुन नदिने भन्दै मेयर शेर्पाले त्यसका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । निर्माण क्षेत्रमा खटिएका सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर सुदिप दाहालले उक्त कार्यमा नियतबस नै त्रुटी पाइएको बताएका छन् ।

सत्य प्रेससँग कुरा गर्दै इन्जिनियर दाहालले कतिपय ढलानमा रड प्रयोग नगरेको र प्रयोग भएको रड समेत प्राविधिक डिजाईन भन्दा कम परिणामको रहेको पाइएकाले ढलान नै भत्काएर पुनः ढलान गर्न लगाइएको बताए । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका प्रमुख डा. युवराज पौडेलले आईतबार आफु नै कार्यक्षेत्रमा आएर थप प्रकृया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङले ठेकेदार कम्पनीले आँखामा छारो हालेर कमसल काम गरेकाले यसको वडाले समेत गम्भीर निगरानी गर्ने बताएका छन् । निर्माण कार्यमा सहयोग समन्वय गर्न आफु तयार रहेपनि गुणस्तरको सवालमा कुनै सम्झौता नहुने वडाध्यक्ष तामाङले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै