सोलुखुम्बु । दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी केन्द्रविन्दु भएर भुकम्प गएको छ ।
आज शनिबार विहान ११ बजेर २७ मिनेट जादा सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
उक्त भुकम्पको धक्का दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङसहित काठमाडौंमा समेत महसुस गरिएको थियो ।
भुकम्पको क्षतिको विवरण संकलन भइरहेको भुकम्प मापन केन्द्रले सत्य प्रेसलाई जानकारी दिएको छ ।