spot_img

खुम्बुमा एक सातादेखि जापानिज नागरिक बेपत्ता

spot_img

सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार गाईड विना एक्लै भ्रमणमा आएका इशिबा ८ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ नाम्चे चेकपोष्टमा इन्ट्रि भएको देखिएको छ ।

Advertisement

सोही रात खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र ९ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनि हिडेको खुल्न आएको छ ।

Advertisement

उनी सम्पर्क विहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ । अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तिब्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै