spot_img

पिके संरक्षणमा गिरीको जोड, विमोचन भयो ‘पिके’ नामक खोजमुलक पुस्तक

spot_img

साउन २२, सोलुखुम्बु । लेखक तथा अन्वेषक हिमाल गिरीद्वारा लिखित ‘पिके’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको ठमेल स्थित एक गेष्ट हाउसमा आईतबार आयोजित विशेष समारोहका बिच सफल पर्यटन व्यवसायी तथा चर्चित लेखक कर्ण शाक्यको हातबाट पुस्तकको विमोचन गरिएको हो ।

Advertisement

सोलुखुम्बु जिल्लामा अवस्थित पिके क्षेत्रको पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक अवस्थितिका बारेमा अध्ययन अनुसन्धान गरेर लेखिएको पुस्तक पिके हिल सोशियल अर्गनाइजेशनले प्रकाशन गरेको हो । लेखक गिरीको सोलुखुम्बु र पर्यटन, ओगानेम दरबार, हाम्रो वन, दशनामी सन्यासीलगायत आधा दर्जन भन्दाबढी अनुसन्धानमूलक पुस्तक यसअघि नै प्रकाशन भइसकेका छन् ।

Advertisement

पर्यटकीय हिसाबले भर्जिन ल्याण्डको रुपमा लिइएको पिके क्षेत्र घुम्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या पछिल्लो समय उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । पिके क्षेत्रको प्राकृतिक, धार्मिक, साँस्कृतिक एवं जैविक विविधताका बारेमा सुस्म रुपमा केलाएर लेखिएको यस पुस्तक पर्यटन प्रवद्र्धन र विकासका लागि एउटा महत्वपूर्ण सामाग्री हुनसक्ने विश्वास लिइएको छ ।

Advertisement

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पर्यटनविद् तथा चर्चित लेखक शाक्यले पुस्तकले सम्भावनायुक्त पिके क्षेत्रको पर्यकीय महत्वलाई उजागर गरेको उल्लेख गर्दै एउटा सम्भावित पर्यटकीय गन्तव्यबारे यसरी व्यवस्थित अध्ययन अनुसन्धानमुलक दस्तावेज आउनु सबैका लागि गर्वको विषय भएको बताए ।

पिके क्षेत्रको पर्यटन प्रवद्र्धनमा राज्यस्तरबाट ठोस कार्यक्रम तय गरिनुपर्नेमा जोड दिदै शाक्यले त्यसनिम्ति सबैले आआफ्नो ठाउँबाट पहल लिनुपर्ने बताउनुभयो । लेखक गिरीले पिके र पिके क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि ओझेलमा परिरहेको कुरालाई ध्यानमा राखेर यहाँको पर्यटकीय क्रियाकलाप, शेर्पा समुदाय र इतिहास, धर्म, संस्कृति, भौगोलिक, जैविक अवस्थितिको बारेमा अध्ययन गरेर यो पुस्तक तयार गरिएको बताए ।

उनले पिके क्षेत्रको पर्यटन विकासका लागि नीतिगत तथा कार्यक्रमिक योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याए । त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रका अध्यापक डा.आश्वस्थमा भक्त खरेलले यो पुस्तकले पिके क्षेत्रको सम्भावनाका बारेमा उजागर गर्नुका साथै थप प्रवद्र्धन र विकास गर्ने ट्याक ओपन गरेको बताए ।

उनले पुस्तकमा सबै कुरा अत्यन्तै व्यवस्थित र प्रभावकारी ढंगबाट प्रस्तुत गरिएको उल्लेख गर्दै पिकेको धार्मिक, साँस्कृतिक, जैविक एवं यहाँभित्रको रहनसहन सबैका बारेमा जान्न चाहानेका लागि यो एउटा उपयुक्त पाठ्य सामाग्री हुने पनि बताए ।

पुस्तक प्रकाशन गर्ने संस्था पिके हिल सोशियल अर्गनाइजेशनका अध्यक्ष ङिमा देण्डी शेर्पाले पिकेको सम्भावना र यस क्षेत्रको प्राकृतिक, साँस्कृतिक एवं धार्मिक महत्वलाई संसारभर चिनाउने उद्देश्यले अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिएको उल्लेख गरे ।

अर्गनाइजेशनले आफ्नो स्थापनाकालदेखि सामाजिक रुपान्तरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको चर्चा गर्दै उनले निशुल्क शिक्षा, शेर्पा भाषाको संरक्षणसँगै पिके क्षेत्रमा रहेको सम्भावनाहरुको उजागर गरेर त्यसको माध्यमबाट यहाँको पर्यटन प्रवद्र्धन गर्ने काम गरेको बताए ।

उनले लेखकसँगै पुस्तकलाई मुर्त रुप दिन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गरे । नेपालकै सबैभन्दा सुन्दर प्राकृतिक पोइन्टका रुपमा परिचित पिके डाँडाँ समुद्री सतहबाट ४ हजार ७० मिटरको उचाईमा रहेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सिमानामा रहेको यस डाँडाबाट थानीय शेर्पा समुदायको रहनसहनसँगै आठ हजार मिटरभन्दा माथिका ६ वटा हिमशृंखलालाई नांगो आँखाले दृश्यपान गर्न सकिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै