spot_img
spot_img

खोलाखर्कमा जनश्रमदानबाटै बन्यो ५५ फिटको साँघु

spot_img

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ स्थित खोलाखर्कमा स्थानीयको जनश्रमदानबाट ५५ फिट लामो काठे साँघु निर्माण भएको छ । खोलाखर्कका ७ घरको जनश्रमदानबाट गार्माको फेदीमा सोलुखोला माथी ५५ फिट लामो काठे साँघु निर्माण भएको हो ।

Advertisement

विगतमा निर्माण गरिएको काठेसाँगु जिर्ण भएपछि स्थानीय भुपध्वज खड्काको अगुवाईमा खोलाखर्कवासी साँघु निर्माणमा जुटेको स्थानीयले बताएका छन् । एक हप्तामा सम्पन्न भएको उक्त साँघु निर्माणका लागि वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत २० हजार सहयोग गरेको र बाँकी रकम स्थानीय जनश्रमदानबाटै निर्माण भएको भुपध्वज खड्काको भनाई छ ।

उक्त बाटो स्थानीयले सदरमुकाम सल्लेरी, वडा कार्यालय गार्मासहितका स्थानमा आवतजावत गर्ने मुख्य मार्गमा पर्दछ । सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएपनि काम अघि बढ्न सकेको छैन् ।

Advertisement

नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा नम्बर ७ को कार्यालयले काठेसाँघु निर्माणका लागि चालु आर्थिक वर्षमा १ लाख रुपैयाँ विनियोजन गरेको भएपनि लम्बाई लामो हँदा प्राविधिक स्टिमेट अनुसार पास हुन नसकेको वडा कार्यालयले जनाएको छ ।

हाललाई स्थानीयले अस्थायी साँघु निर्माण गरेपनि स्थायी पुल निर्माणका लागि वडाले पहल गरिरहेको जनाएको छ । यता प्रदेश सरकारको पुल प्रविन्सियल टेक्निकल असिस्टेन्ट प्रोभाईडरले भने ३ महिना भित्रसर्वे गरेर डिपिआर तयार गरेर आगामी आर्थिक वर्षबाट काम थालनी गर्ने बताएको छ ।

कम्पनीका प्राविधिक पदम जिरेलका अनुसार क्रमागत बजेट भएकाले चालु आर्थिक वर्षमा डिपिआर तयार गरेर अर्को वर्षबाट काम अघि बढाउने तयारी गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै