spot_img
spot_img

हिमाल एफ.एम.सञ्चालक समिति अध्यक्षमा शेर्पा सर्वसम्मत

spot_img

काठमाण्डौ – हिमाल एफ.एम.को सञ्चालक समितिको अध्यक्षमा निमा शेर्पा सर्वसम्मत चयन भएका छन् । एफ.एम.संचालक संस्था हिमाली सञ्चार लिमिटेडको काठमाण्डौ स्थित होटल तिब्बतमा आईतबार सम्पन्न ९ औँ साधारण सभाले शेर्पाको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

Advertisement

हिमाल एफ.एम.का संस्थाक शेर्पा तेश्रो पटक सञ्चालक समितिको अध्यक्ष बनेका हुन् । कम्पनीका शेयर धनीहरु उपस्थित साधारण सभाको बन्द सत्रबाट कम्पनीको उपाध्यक्षद्वयमा आङ फिन्जो शेर्पा र महेश किराँती चयन भए । शेर्पा यस अघिको समितिमा पनि उपाध्यक्षकै जिम्मेवारीमा रहेका थिए भने किराँती कम्पनीको संस्थापक कोषाध्यक्ष थिए ।

कम्पनीका संस्थापक भानुभक्त निरौला प्रबन्ध संचालकमा चयन भएका छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका निरौला विगत डेढ दशकदेखी हिमाली जिल्ला सोलुखुम्बुलाई केन्द्र बनाएर पत्रकारितामा क्रियाशिल छन्। कम्पनीको सचिवमा यस अघिका संचालक समिति सदस्य कान्छा शेर्पा चयन भए ।

Advertisement

त्यस्तै कम्पनीका संस्थापक कर्मा शेर्पा र दावागेलु पाख्रिन कम्पनीको संचालकमा चयन भएका छन् । शेर्पा र पाख्रिन यस अघिका समितिहरुमा महत्वपूर्ण जिम्मेवारीहरु निर्वाह गरिसकेका व्यक्ति हुन् । कम्पनीको बन्दसत्रले अध्यक्षले पेश गरेको बार्षिक प्रतिवेदन र संचालक कान्छा शेर्पाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

उक्त कम्पनीले वि.सं.२०६८ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुमा १ हजार वाट क्षमताको हिमाल एफ.एम. ९०.२ मेगाहर्ज संचालन गरिरहेको छ । उक्त एफ.एम.को सदरमुकाममा आफ्नै सुविधासम्पन्न भवन छ भने ३२ सय मिटरको उचाईमा रहेको पत्तालेडाँडामा प्रसारण प्रणाली राखि कोशी, मधेस र बागमती प्रदेशका गरि ४० भन्दा बढी जिल्लामा प्रशारण पहुँच रहेको छ ।

हिमाल समाचार डट कम नामको आफ्नै अनलाईन समाचार पोर्टल, लाखौँ फलोवर भएको फेसबुक पेज र युटुव च्यानल समेत संचालनमा रहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै