spot_img

सगरमाथा क्षेत्रमा पहिलो पटक ७० किलोमिटरको म्याराथन हुने

spot_img

सोलुखुम्बु । विश्वभर सर्वाधिक चासोका रुपमा हेरिने एभरेस्ट म्याराथनमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रासहित तीन विधामा दौड प्रतियोगिता हुने भएको छ ।

Advertisement

विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको ७० वर्षको अवसरमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथन हुने आयोजक हिमालय एक्सीपीडीसनले जनाएको छ । १८ औं एभरेस्ट म्याराथन संस्करण २०८० जेठ १५ गते सगरमाथा दिवसका दिन हुने छ । यो म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चेबजारमा टुंगिने छ ।

Advertisement

सरगमाथा चुचुरोमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेको मे २९ (जेठ १५) का दिन पहिलोपटक ७० किलोमिटर लामो म्याराथन आयोजना गर्ने घोषणा गरिएको म्याराथनका संस्थापक समेत रहेका पर्यटन व्यवसायी विक्रम पाँडे काजीले बताए ।

Advertisement

आयोजकले ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथनको पुरस्कार राशि केही दिनमै घोषणा गरिने जनाएको छ । एभरेस्ट म्याराथनमा सहभागी हुन नेपालीलाई २५ हजार रुपैयाँ र विदेशीलाई ५ सय अमेरिकी डलर शुल्क लाग्ने आयोजकले जनाएको छ ।

सोही दिन खुम्बु क्षेत्रमा विभिन्न मुलुकका राजदूतहरुसँगै लालीगुराँसका करिब ४ सय बिरुवा पनि रोप्ने कार्यक्रम तय भएको छ । यस दौडमा विश्वचर्चित अल्ट्रा धावक नेपालकी मिरा राई र भारतको कालिङपोङकी अल्ट्राधावक रोशनी राईले सहभागीता जनाउने भइसकेका छन् ।-फायल फोटो

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै