spot_img

शैक्षिक योजना निर्माणबारे सोलुदुधकुण्डमा छलफल

spot_img

रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा शैक्षिक योजना निर्माण गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकामा नगरपालिकाका उपमेयर गान्धीमाया तामाङको अध्यक्षतामा बसेको स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठकले योजना निर्माण कार्यशाला गोष्ठी फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत कोपिला राईको संयोजकत्वमा १३ सदस्यीय योजना निर्माण समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा रीड नेपालबाट शिक्षा विकास संयोजक केशव गिरी, शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे लगायतकालाई समावेश गरिएको छ ।

Advertisement

वैठकबाट स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिशत खर्च नगरपालिकाले बेहोर्ने समेत निर्णय गरिएको छ । रीड नेपालले खुम्बु पासाङल्हामु बाहेक सोलुखुम्बुका ७ वटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै