spot_img

सोलुका पेट्रोल पम्पको हेलचेक्र्याई, राखेनन् विद्युत व्याकअप, समस्यामा सेवाग्राही

spot_img

सुबास दर्नाल

Advertisement

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरुमा विद्युत व्याकपको व्यवस्था नहुँदा समस्या भएको छ । जिल्लामा सञ्चालित दुई वटै पम्पहरुमा विद्युत व्याकपको व्यवस्था नहुँदा इन्धन बारम्बर सेवा प्रभावित हुने गरेको हो । सल्लेरीमा रहेको दुधकोशी आयल स्टोर्समा व्याकप नहुँदा विद्युत सेवा अवरुद्ध हुने वित्तिकै बारम्बर इन्धन सेवा नै ठप्प हुने गरेको छ भने गार्मा स्थित नमुना दुधकुण्ड आयल पम्पस्टोर्समा समेत व्याकप नहँदा समस्या भएको छ ।

Advertisement

जिल्लाको विद्युत बारम्बर अवरुद्ध भईरहने र पम्पले समेत व्याकप नराख्दा इन्धन भर्ने सवारी चालकहरुले सास्ती खेप्नुपरेको छ । पम्पले विद्युतकै कारण देखाउँदै लामो समय कुराउदा अतिआवश्यक कामहरु प्रभावित हुने गरेको सवारी चालक रमेश कार्कीले गुनासो गरे । नमुना आयल पम्पको नाम दिइएपनि व्याकपको समेत व्यवस्था नहुँनु लजास्पद विषय भएको अर्का सवारी चालक मिङमार शेर्पाको भनाई छ । सोमबार विद्युत सेवा अवरुद्ध हुँदा कयौँ सवारी चालकहरु इन्धन भर्न कै लागि लामो समय पम्पमा कुर्न बाध्य भएका थिए । सोही समस्या बारम्बर दोहोरिरहने गरेको चालक शम्भु विश्वकर्माले बताए । कतिपय अवस्थामा विरामी बोकेको एम्बुलेन्सहरु समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने चालकहरु बताउँछन् ।

Advertisement

हाल जिल्लाको पेट्रोल पम्पहरुले विद्युत हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत नहुँदा सेवाग्राहीलाई कुराउने तथा रित्तो हात फर्काउने गरेको सवारी चालकहरुको गुनासो छ । सो विषयमा आफ्नो ध्यानार्कषण भएकाले थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले प्रतिकृया दिए । यस विषयमा बुझ्न नमुना दुधकुण्ड आयल पम्पस्टोर्सका सञ्चालक तोरण कुमार श्रेष्ठलाई फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

गत साउन ६ गतेबाट विधिगत रुपमा सञ्चालनमा आएको उक्त पम्पले जिल्लाको इन्धनको मागलाई पुरा गर्न सक्ने भन्दै खुसी भएका सर्वसाधरण ६ महिना वित्न नपाउँदै निराश भएका छन् । जिल्लामा एउटा मात्रै पम्प हुँदा बारम्बर इन्धनको अभाव खेपेका जिल्लावासीले अर्को पम्प खुलेसँगै खुसी भएका थिए । तर नमुना दुधकुण्ड आयल पम्पस्टोर्सले समेत भरपर्दो इन्धन सेवा दिन नसकेपछि नागरिकहरु निराश भएका हुन् । नमुना पम्प भएकाले २४ सैँ घण्टा सेवा दिने दाबी गरेका पम्प समेत सेवा विस्तारमा चुकेको छ ।

IMG 4476
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै