spot_img

सोलुखोला ब्रिज उद्घाटन गर्दै मेयर शेर्पाले भने, ‘सोलुदुधकुण्डमा निर्माणको लहर चलेको छ’

spot_img

सोलुखुम्बु -सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपालिकामा विकास निर्माणको काम रफ्तारमा अघि बढेको दाबी गरे । उनले नगर क्षेत्रका जनताको आवश्यकताका आधारमा भूगोल सुहाउँदो निर्माणको लहर चलेको दाबी गरे ।

Advertisement

सोलुदुधकुण्ड ५ को रोशी र जैदु क्षेत्रलाई सदरमुकाम सल्लेरीसंग सडक सञ्जालले जोड्ने गरि सोलुखोला ब्रिजको उद्घाटन गर्दै मेयर शेर्पाले आफ्नै नेतृत्वमा सडक, पुल, शिक्षा, स्वास्थ्य, संञ्चार, खानेपानी, सरसफाई लगायतका क्षेत्रमा भएको कामले आगामी ४ बर्ष भित्र प्रदेश नं १ को नमूना स्थानीय तह बन्ने ठोकुवा गरे ।

Advertisement
319856625 505126815049722 8462460249208059017 n

४२.५ मिटरको ब्रिज बुधबार मेयर नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा, उपमेयर गान्धी माया तामाङ र वडा अध्यक्ष मिङमार तामाङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । उक्त ब्रिज नगरपालिकाले भ्याट सहित ४ करोड ६६ लाख ५९ हजार ५ सय ९२ रुपैयाँको लागतमा निर्माण गरेको हो । २०७६ कार्तिक १४ गते सम्झौता भएको उक्त पुलको निर्माण कार्य २०७९ साउन ३१ गते सम्पन्न भएको नगरपालिकाका लेखा अधिकृत फुरी शेर्पाले जानकारी दिए ।

Advertisement
320019462 665078978426762 653012814294041961 n

दावा निर्माण सेवा कम्पनी काठमाडौले निर्माण गरेको पुलको भारवहन क्षमता ५० टन रहेको छ । वारीपारी सडक संचालनमा आएपनि जैदु–रोशी क्षेत्रका सर्वसाधारण सोलु खोलामा ब्रिज नहुँदा यातायातको पुर्ण उपभोगबाट बन्चित थिए ।

319665501 1894080064295241 7813380716977458094 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै