spot_img

‘सोलुखुम्बु ट्रेल रेस’ सुरु

spot_img

सोलुखुम्बु : १५ दिन लामो ३१० किलोमिटरको ‘सोलुखुम्बु ट्रेल रेस’ सुरु भएको छ । आइतबार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी छन् ।

Advertisement

ओलम्पिक विजेता दा छिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके–दुधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन हुनेछ ।

Advertisement
IMG 0396

द स्माल वल्र्ड (टिएसडब्लु)को आयोजना तथा दा छिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’को उद्घाटन जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक कृष्ण प्रसाद निरौला, टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पा र अन्तर्राष्ट्रिय धावक दा छिरि शेर्पाले रिवन काटेर गरे ।

Advertisement
IMG 0384

जिसस संयोजक निरौलाले ट्रेलले आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने बताए । टिएसडब्लु अध्यक्ष शेर्पाले तल्लो सोलुको पर्यटन विकास र रोजगारीका लागि पनि ‘सोलुखुम्बु टे«ल’महत्वपुर्ण हुने बताए ।

IMG 0432

ट्रेल’को नेतृत्वकर्ता धावक दा छिरिले खेल पर्यटनको संभावना दर्शाउन सहयोगी बन्ने बताए । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै