spot_img

विरही कार्कीले ल्याए ‘मायाको ढोका खोलिदेउ’ (भिडियो)

spot_img

काठमाण्डौँ । विरही कार्कीको सृजनामा कार्की र अन्जु पन्तले गाएको दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’को लोर्कापण गरिएको छ । भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् ।

Advertisement

भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । करण चैसरले खिचेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् । अमेरिकाबाट नेपाल आएका बेला रेकर्ड गराएको गीत गायक विरहीले सार्वजनिक गरेका हुन् ।

Advertisement

म्यूजिक खबरका अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा भएको लोर्कापण कार्यक्रममा लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझीले परदेशमा रहेका नेपालीको रेमिट्यान्सले अर्थतन्त्र धानिएजस्तै विदेशमा बस्ने कलाकारको लगानीले नेपाली संगीत धानिएको बताए । उनले गायक कार्कीलाई शुभकामना दिदै भने, ‘यस्तै सुमधुर सृजना निरन्तर सुन्न पाइयोस् ।’

Advertisement

गीतकार डा. राजुबाबु श्रेष्ठ लोक गीतलाई संगीतको राजा संज्ञा दिदै लोक लयले मात्रै मनमनलाई जोड्न सक्ने बताए । अभियान्ता तथा पत्रकार कृष्ण कँडेलले परदेशमा बस्ने कलाकारको योगदानको प्रशंसा गर्दै भने, ‘विदेशी भूमिमा कमाएर नेपाली संगीतमा लगानी गर्नु नेपाल बसेजस्तै हो ।’

राजनितिज्ञ गोविन्द गिरी, पत्रकार सुमन पण्डित, गायक तथा सर्जक विरही कार्कीले मन्तव्य राखेको कार्यक्रममा पत्रकार तथा गीत निर्माण टीमलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै