spot_img

कामको समिक्षा गर्दै योजना सुनाउदै रीड नेपाल

spot_img

रीड नेपालले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा गत बर्षको समिक्षा र चालु बर्षको कार्यक्रमबारे बैठक सम्पन्न गरेको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष सुर्य कुलुङको अध्यक्षतामा सम्पन्न बैठकमा रीड नेपालका शिक्षा विकास अधिकृत जनकराज जोशीले आगामी कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कुलुङले समय सान्दर्भिक शैक्षिक कार्यक्रम भएकाले पालिकासँग सहकार्य र समन्वय गरेर कार्यक्रम संचालन गर्न आग्रह गरे ।

Advertisement

बैठकमा वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, स्थानीय स्रोत शिक्षकहरुको उपस्थिति रहेको थियो । रीड नेपालले महाकुलुङका ९ वटा विद्यालयमा शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ ।

Advertisement
302502361 1853941854813076 8722279194580215238 n

सोही प्रकृतिको बैठक लिखुपिके गाउँपालिकामा पनि सम्पन्न गरिएको छ । पालिका अध्यक्ष मिना कार्कीको अध्यक्षतामा भएको बैठकमा पालिका उपाध्यक्ष, वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, स्थानीय स्रोत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष कार्कीले रीड नेपालको कार्यक्रमले शैक्षिक सुधारमा टेवा पुगेको भन्दै आगामी कार्यक्रममा पालिकाले सहकार्य गर्ने बताइन् । शिक्षा विकास अधिकृत तिर्थराज ढुंगानाले आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । रीड नेपालले लिखुपिकेका ११ विद्यालयमा काम गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै