spot_img

हिमाली जिल्ला सोलुखुम्बुमा चौरी पालन व्यवसाय संकटमा

spot_img

असार १७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चौरी पालन व्यवसाय संकटनमा परेको छ । पेशामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेशाबाटै पलायन हुने क्रम बढेसँगै व्यवसाय नै संकटमा परेको हो ।

Advertisement

विगत १० बर्षको तुलनामा चौरी पालन ९० प्रतिशत ले घटेको चौरी पालन महासघंका अध्यक्ष नुरु शेर्पाले बताए । उनका अनुसार हाल सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आईरहेका छन । आफ्नो पुख्र्यौली पेशा चौरी पालन भएपछि विभिन्न कठिनाईका कारण चौरी पालन छाडेर छुर्पी दुर्खा, सेरग्याम, घिउ लगायतका अन्य दुग्धजन्य बस्तुको व्यापार गरिरहेको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुका सार्की शेर्पाले बताए ।

Advertisement

चौरी पालनका लागि खर्क पुग्नुपर्ने, चरण क्षेत्रमा निषेध हुनु, बजारीकरणको समस्य हुन र गोठमा बस्ने कामदार नपाउने जस्ता कारणले व्यवसाय परिवर्तन गरेको शेर्पाको भनाई छ । आम्दानी उस्तै भएपनि चौरी पालन भन्दा त्यसबाट बनेका दुघ्धजन्य पदार्थ बेच्न सहज हुने उनको भनाई छ ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिकाकै अर्का चौरी पालक व्यवसायी रिञ्जी शेर्पाले आफनो पुर्खा देखिनै व्यवसाय गर्दै आएका छन् । उनका अनुसार विगतको तुलनामा चौरी पालन व्यवसायमा युुवाहरुको त्यति धेरै आर्कषण देखिदैन ।

चरिचरणका लागि जङगलमा छाडिएका चौरीलाई जङगली जनावरहरुले आक्रमण गर्दा निकै समस्या हुने गरेको उनको भनाई छ । त्यस्तै १८ बर्षदेखि चौरी पालन गर्दै आएका सोलुखुम्बु टाक्टोरका व्यवसायी देण्डी शेर्पा भन्छन, जङगली जनावरको आक्रमण त हने नै भयो प्रत्येक १२, १५ दिनमा गोठ स्थानन्तरण गर्नमा निकै कठिनाई हुने गर्छ ।

गोठमा बस्ने जनशक्तिको अभाव हुदाँ गोठ सार्ने बेलामा मान्छे खोज्नु पर्ने र भनेको बेला मान्छे नपाउँदा गोठ स्थानतरणमा कठिनाई आउने गरेको उनी बताउँछन ।

जिल्लाको ८ स्थानीय तह मध्ये थुलुङ दुधकोशी र नेचासल्यान गाउँपालिका बाहेकका अन्य पालिकाहरुमा धेरथोर चौरी पालन गर्ने कृषकहरु रहेको चौरी पालन व्यवसाय महासंघले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै