spot_img

दुधकुण्ड सहितका धार्मिक स्थलमा हजारौ भक्तजन पुगे

spot_img

जनैपुर्णिमाको अवसरमा सोलुखुम्बुको विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । जिल्लाको दुधकुण्ड, सानो दुधकुण्ड, चाँगेस्थान, गौरीटाप लगायत आधा दर्जन बढी मन्दिरहरुमा शुक्रबार मेला लागेको हो ।

Advertisement

ति मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा अवस्थित ढुधकुण्डमा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, उदयपुर लगायतका जिल्लाहरुबाट भक्तजनहरु पुगेका थिए । समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने दुधकुण्डमा शुक्रबार विषेश मेला लागेको हो ।

Advertisement

विगतमा जस्तै यस वर्ष पनि जजैपुर्णिमाको अवसरमा ३ हजारभन्दा बढी दर्शनार्थी त्यहाँ पुगेको अनुमान गरिएको छ । यस्तै फाप्लु स्थित सानो दुधकुण्ड मन्दिरमा पनि शुक्रबार दिनभर भक्तजनहरुको भिड लागेको थियो । ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको दर्शन गर्नाले मनोकांक्ष पुरा हुने जनविश्वास छ ।

Advertisement

सल्लेरीबाट नजिकै रहेको यस मन्दिरमा यातायातको सहजताकै कारण धामिझँक्रीसहित दर्शथार्नीहरु बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस्तै जिल्लाको जालिम, चागेँस्थान, गौरीटाप लगायतका मन्दिरहरुमा पनि शुक्रबार भक्तजनहरु पुगेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै