विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ८३ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । आर्थिक बर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३.६२ ले पर्यटक आवगमन बढेको हो ।
निकुञ्जको तथ्यांक अनुसार आ.ब.०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमो ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले २२ हजार १३९ जनाले बढी हो ।
जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए । खुम्बु क्षेत्रमा बर्षको दुई समय असोजदेखि कार्तिक र फागुनदेखि बैशाख सम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।
विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।
सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ । HimalFM