spot_img

कर्णालीमा पहिलो पटक ८ दिने चलचित्र कार्यशाला हुँदै

spot_img

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो ।

Advertisement

प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ ।

Advertisement

कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा ल्याउनसँगै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए ।

Advertisement

उनका अनुसार कार्यशाला एक हप्तासम्म सञ्‍चालन हुनेछ । कार्यशालामा कर्णालीका दश जिल्लाबाट चलचित्र क्षेत्रमा रुचि भएका दुई/दुई जनालाई सहभागी गराइने उनले जानकारी दिए ।

कार्यशालामा सहभागी हुन भने दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिएर प्रि–प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्र अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाङ्‍कन, सम्पादन र अभिनयलगायत विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

सहभागीहरूलाई चलचित्रकर्मीहरू शिवम् अधिकारी, दयाराम दाहाल, नीर शाहलगायतले प्रशिक्षण दिनेछन् । चलचित्र छायाङ्‍कनको सम्भावना रहे पनि हालसम्म कर्णालीलाई समेट्न नसकिएले अध्यक्ष खड्का बताउँछन् ।

गीतकार तथा संगीतकार हरि विष्टले चलचित्र क्षेत्रमा कर्णालीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्‍ने विश्वास व्यक्त गरे । उनले कार्यशालाबाट उत्पादन भएका एक जनालाई रोजगारको समेत सुनिश्‍चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै