spot_img

बाल क्लबलाई सक्रिय बनाउँदै रीड नेपाल

spot_img

सोलुदुधकुण्ड नगरपालिका भित्रका विभिन्न विद्यालयका बाल क्लबहरुले प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

Advertisement

बालक्लबको आयोजना तथा रीड नेपालको प्रायोजनमा दुधकुण्ड हिमालय आविमा गठित नुम्बुर हिमाल बाल क्लबले वतृत्वकला, हिसाव दौड, चकलेट दौड, बेलुन फुटाइ प्रतियोगिता संचालन गरेको प्रध्यानाध्यापक होमा कटेलले जानकारी दिईन् । लैङगिक हिंसा न्युनिकरणमा विद्यार्थीको भुमिका शिर्षकमा भएको बक्तृत्वकलामाा कक्षा ८ का सुदेश राई प्रथम, लाक्पा डोमा शेर्पा द्धितिय र सुनिता थापा मगर तृतीय बनेका छन् ।

Advertisement

सेकारसिङ आविमा गठित नवजागरण बाल क्लबले अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको छ । त्यस्तै जनजागृति आवि सल्लेरीमा गठित सिर्जनशील बालक्लबले नेपाली अन्तर सदनात्मक हिज्जे प्रतियोगिता संचालन गरेको छ । जनसुधार आ वि खोरियामा गठित नवज्योति बालक्लबले चम्चा दौड, चकलेट दौड, म्युजिकल चियर लगाएतका प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

पात्ले आधारभूत विद्यालयमा गठित सगरमाथा बालक्लबले चित्रकला प्रतियोगिता र निबन्ध प्रतियोगिता संचालन गरेको छ । प्रतियोगितामा सहभागी विजेता विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धि गरी व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगीतात्मक कार्यक्रमलाई प्राथमिकता दिएको रीड नेपालका शिक्षा विकास सयोजक केशव देव गिरीले जानकारी दिए ।

बाल क्लबलाई सक्रियतामा यस्ता खाले कार्यक्रम जिल्लाका एक सय विद्यालयमा संचालन गराउने रीड नेपालको लक्ष्य रहेको छ । कार्यक्रम संचालन गर्न पुरस्कार स्वरूप एउटा बालक्लबलाई ३५ सय प्रदान गरिएको छ ।

त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिकाको दूधकौसीका माविमा २१ र सोताङ गाउँपालिकाको हुलु माविमा सम्पन्न २ दिने बाल अभिमुखीकरण कार्यक्रममा २७ विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बाल अधिकार तथा संरक्षण, विद्यालय सुधारमा बालक्लबको भूमिका, वार्षिक कार्ययोजना निर्माण, भित्ते पत्रिका प्रकाशनका साथै लैंगिकता तथा सामाजिक समावेशीकरणका विषयवस्तुलाई समेटिएको छ ।

सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत खड्ग कुमार श्रेष्ठ र जनकराज जोशीले गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै