सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूँले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई विद्यार्थी पढाउन खर्च गर्ने घोषणा गरेका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै अध्यक्ष राईले पालिका भित्रका जेहेन्दार गरिक परिवारका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।
विहिबार जिल्ला न्यायाधिश सन्तोष पराजुलीबाट सपथ लिएका उनले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस संचालन गर्ने र त्यसका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने बताए ।
दोस्रो पटक पालिका अध्यक्ष बनेका राईले मतदातालाई धन्यवाद दिए ।