सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु हार्सिङका डोल्मा लामा शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
जिएचटि इन्टरनेश्नल एभरेष्ट एक्पिडिसनको टोलीमा समाबेश डोल्माले बैशाख ३० गते विहान ८.१० बजे सगरमाथाको शिखरमा पाइला राखेकी हुन् ।
५० बर्षिया उनी तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील छिन् । मोनभिसो नेपाल फाउण्डेशनका सचिव र शेर्पा सेवा केन्द्र काठमाण्डौँमा कार्यसमिति सदस्यका साथै सामाजिक सेवामा सक्रिय रहेकी डोल्माले मोनभिसो नेपाल फाउण्डेशनको लोगो अंकित व्यानर पनि सगरमाथाको शिखरमा पु¥याएकी छिन् ।
आरोहणको आयोजना ग्ल्यासियर हिमालयन ट्रेक एण्ड एक्पिडिसनले गरेको थियो ।