spot_img

सोलु प्रहरीले भन्यो, ‘कांग्रेसको कुनैपनि उम्मेदवार पक्राउ परेका छैनन्’

spot_img

सोलुखुम्बु – सोलु प्रहरीले नेपाली कांग्रेसको उम्मेदवार पक्राउ नपरेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शुनिल जंग शाहले समाचारमा सार्वजनिक भएजस्तो कांग्रेसका कुनै पनि उम्मेदवार पक्राउ नगरिएको बताए ।

Advertisement

उनले भने, ‘एमाले कार्यकर्ताले कांग्रेसका उम्मेदवारले मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लगाएको थियो । बोल्दोमा परिस्थिती सामान्य बनाउन प्रहरीले सहजीकरण गरेको हो । कुनैपनि उम्मेदवार र जनप्रतिनिधि पक्राउ परेको छैन् ।’

Advertisement

संभावित दुर्घटनालाई ध्यानमा राख्दै बोल्दोबाट सल्लेरीसम्म ल्याउन प्रहरीले भूमिका खेलेको उनले बताए । ‘एमाले कार्यकर्ताले मौन अवधि उलङघन भएको भन्दै कारबाहीको माग गरेको तर यो प्रहरीको क्षेत्राधिकार भित्र नपर्ने भएकाले विहिबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउने गरि आ–आफ्नो बाटो लाग्नुभयो ।’डिएसपी शाहले भने ।

Advertisement

एमाले कार्यकर्ताले मतदातालाई पैसा बाँडेको र त्यसको प्रमाण पेश गर्दै आएका छन् भने कांग्रेसका आरोपित उम्मेदवार र वडाअध्यक्षले एमालेले संगठित सदस्य प्रयोग गरेर झुटो आरोप लगाएको प्रष्टिकरण दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै