spot_img

मौनअवधि सुरु, के गर्न हुदैन ?

spot_img

काठमाडौं । आसन्न स्थानीय तहकोे निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु हुँदैछ ।

Advertisement

निर्वाचन आयोगले नै मौन अवधिमा गर्न हुने र नहुने काम को सुची बनाएको छ । मौन अवधी सुरु भएपछि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार गर्न र मतदातासँग मत माग्नेदेखि नशालु तथा मादक पदार्थ सेवन गर्न रोक लगाएको छ ।

Advertisement

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीति दल र उम्मेदवारहरूले राति १२ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने छन् ।

Advertisement

मध्यरातबाट सुरु हुने मौन अवधिमा निर्वाचन नसकेसम्मक राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाताले चुनावी प्रचार प्रसार गर्न पाईने छैन ।

यस्तै, सञ्चारमाध्यमले पनि चुनावी प्रचारप्रसार हुने कुनै किसिमको सामग्री प्रकाशन प्रसारण गर्न पाइने छैन । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के–के गर्न नहुने कार्यको सूची नै बनाएर आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

आयोगले मौन अवधिमा राजनीतिक दल र उम्मेदवारलाई विशेष गरी ४ किसिमको कार्यमा रोक लगाएको छ । यस अवधिभर निर्वाचन प्रचार प्रसारलगायत कुनै प्रकारको छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन ।

यस्तै राजनीतिक दल र उम्मेदवारले मौन अवधि सुरु हुनुभन्दा अगाडी मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएको प्रचार सामग्री हटाउनुपर्नेछ ।

मौन अवधिमा चुनावी प्रचारप्रसार र मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष कसरी पनि मत माग्न नहुने भएकोले आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचार प्रसार गर्न रोक लगाएको छ ।

आयोगले केही दिन अघिनै सूचना निकाली आफ्नो उम्मेदवारको चुनावी प्रचार प्रसारको लागि सामाजिक सञ्जालमा गरिएको पोष्ट मौन अवधिअघि नै हटाउन भनेको छ । यसवर्ष चुनावको प्रचार प्रसारको शैलीमा परिवर्तन भएसँगै चुनावी प्रचारप्रसारको लागि सामाजिक सञ्जालको प्रयोग धेरै भएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा सेयर गर्न गराउन पाइनेछैन ।

यस्तै सरकारले निर्वाचन सुरुक्षाको लागि मंगलबार रातिदेखि लागू हुने गरी ७२ घण्टासम्म अन्तराष्ट्रिय सीमा नाका समेत बन्द गर्ने भएको छ । मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्न आयोगले अनुगमन टोली परिचालन गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै