spot_img

दिक्तेलको मेयरका लागि कांग्रेसका १६ आकांक्षिकै नाम प्रदेशमा सिफारिस

spot_img

खोटाङ – नगर र जिल्लामा सहमति नजुटेपछि नेपाली कांग्रेसको तर्फबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेदवारका लागि १६ नेताको नाम प्रदेश सिफारिस गरिएको छ ।

Advertisement

दिक्तेल नगरमा गठबन्धनसहित अघि बढ्ने सहमतिमा पुगेको कांग्रेसलाई उम्मेदवार टुंगो लगाउन हम्मे परेको हो । विहिबार राति जिल्ला समितिको वैठकले मेयरका आकांक्षि १६ जनाकै नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा जिल्ला उपसभापति तिर्थराज भट्टराई, नेताहरु ज्ञानेन्द्र जोशी, धर्मराज पोखरेलसहित थोगेन्द्र राईसम्मका छन् ।

Advertisement

मेयरको उम्मेदवार सर्वसम्मत नभएपछि सिफारिस मध्येबाट एक जनाको नाम टुंगो लगाउने छ । सिफारिस भएका नेताहरु आ–आफ्नो पक्षमा टिकट ल्याउनका लागि दौडधुप जारी राखेका छन् । गठबन्धनका कारण निर्वाचन जित्न सजिलो भएकै कारण आकांक्षिको संख्या बढि भएको कांग्रेसीजनको अनुमान छ ।

Advertisement

त्यस्तै, कांग्रेस खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका लागि आकांक्षि उम्मेदवारको नाम पनि प्रदेश समितिमा सिफारिस गरेको छ । क–कस्को नाम सिफारिस गरियो भन्नेबारे सूचना बाहिर ल्याइएको छैन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै