spot_img

पाल्पामा खिचिएको सालैजो

spot_img

काठमाण्डौँ । गीत संगीतमा अधिकांश सर्जक र कलाकार भ्यूजका लागि काम गर्छन् । बजारको मागअनुसार सृजना गर्छन् र गाउँछन् । सो अवस्थामा ज्ञान बहादुर सोतिले सालैजो भाका रेकर्ड गरेर बजारमा ल्याउने हिम्मत जुटाएका छन् । मौलिकता संरक्षणका लागि सार्वजनिक गरिएको छ । गीतमा सागर विरहीको एरेन्ज छ ।

Advertisement

पाल्पा निस्तीका सोतिले गाउँघरको सालैजो भाकालाई रेकर्ड गराएका हुन् । भिडियो छायांकनका लागि टिम पाल्पाकै निस्ती पुगेको थियो । भिडियोमा देखिएका समूह कलाकार निस्तीकै स्थानीय कलाकार हुन् । उनीहरुलाई सामान्य अभ्यासपछि सालैजोमा नचाइएको निर्देशक सागर विरहीले जानकारी दिए ।

Advertisement

ज्ञान बहादुर सोति र शर्मिला गुरुङले गाएको गीतको भिडियोमा गोविन्द विवश र देवा मगरले लिड रोल निर्वाह गरेका छन् । कोरियोग्राफर गोविन्दले गरेका छन् भने भिडियोको सम्पादन रोशन गाहा मगरले गरेका हुन् ।

Advertisement

केहि दिन अघि मात्रै सुटिङ यूनिट काठमाण्डौँ बाहिर नवलपरासी र पाल्पा पुगेर फकिएको हो । यूनिटको निर्देशक सागर विरहीले गरेका थिए । नवलपरासीको रोकुवामा कौरा र झ्याउरे गीतको सुटिङ सकाएर यूनिट पाल्पाको निस्ती पुगेको थियो । त्यँहा सालैजो गीतको सुटिङ गरिएको थियो ।

दुर्गा ठाडा मगरको कौरा र झ्याउरे भाका क्रम बजारमा सार्वजनिक गरिनेछ । भिडियो निर्माणको लागि गाउँघर चाहर्नुको कारणबारे सर्जक, गायक तथा निर्देशक सागर विरहीलाई प्रश्न गर्दा उनले मौलिकताको खोजीमा गाउँ पुगेको बताए । काठमाण्डौको एउटा कोठामा बनावटी सेटमा भन्दा जहाँ गीतले बोलेको संस्कृति, रहनसहन र मौलिकता छ, त्यँहि क्यामरा चलाउदा गीतले न्याय पाउने र मौलिकता जर्गेनामा टेवा पुग्ने विरहीको भनाई छ ।

गाउँघरको अर्गानिक प्रतिभालाई पनि भिडियोमा कैद गर्ने अवसरको रुपमा पनि काठमाण्डौँ बाहिरको यात्रा महत्वपुर्ण हुने उनी बताउछन् । कुराकानीको क्रममा उनले लगत्तै म्याग्दी र बाग्लुङ यात्राको बारेमा पनि सुनाए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै