spot_img

हलेसीमा ‘बालिका बचत कार्यक्रम’

spot_img

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम अन्तरत १२९ छोरी समेटिएका छन् । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रममा १ साउन २०७७ देखि हालसम्म जन्मिएका छोरी समेटिएका हुन् ।

Advertisement

कार्यक्रम लागू भए यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताईन् ।

Advertisement

‘बालिका बचत’ कार्यक्रममा समेटिएका छोरीको खातामा गत वर्ष र चालु आर्थिक वर्षको रकम जम्मा गरेर भौचर हस्तान्तरण सुरु गरिएको छ । ११ वडामध्ये हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका छोरीलाई रकम जम्मा भएको भौचर हस्तान्तरण गरिसकिएको छ । अन्य वडामा सम्वन्धित वडाध्यक्षमार्फत वा आफै पुगेर भौचर हस्तान्तरण गरिने उपप्रमुख राईले बताईन् । अझैपनि कतिपय छोरीको खाता खोल्न बाँकी रहेकाले रकम जम्मा गर्न बाँकी रहेको जनाइएको छ ।

Advertisement

नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरिएको हो । ‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । कार्यक्रमका माध्यमबाट छोरा र छोरीमाथिको विभेदको अन्त्य गर्दै बचत गर्ने बानीको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले बताईन् ।

छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयास स्वरुप कार्यान्वयनमा ल्याइएको ‘बालिका बचत’ कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाविचमा बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउनेगरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ ।

बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने छन् । लामो समयसम्म नगर वाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २४ फागुन २०७७ बाट औपचारिक रुपमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो । दिवसको अवशरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्व जलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेकी थिईन् ।

समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद कायम छ । कतिपय दम्पत्तीले छोरीको भ्रुण पहिचान गरेर गर्भपतन गर्ने गरेका छन् । यो अवस्थामा ‘छोरा छोरी बराबरी’ हुन् भन्ने बुझाईको बिकासका लागि छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ ‘बालिका बचत’ कार्यक्रम ल्याइएको हो ।

३० असार २०७६ मा पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको नगरपालिकाका हरेक गर्भवती महिलालाई अनिवार्य बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ पनि ‘बालिका बचत’ कार्यक्रम ल्याइएको उपप्रमुख राईले बताईन् । ‘हाम्रो समाजमा छोरा र छोरीमाथि विभेद भइरहेका छन् । त्यही भएर छोरी जन्माउने आमाबुवाको प्रोत्साहनका लागि बालिका बचत कार्यक्रम ल्याइएको हो ।

यसले बचत गर्ने बानीको बिकासमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ,’ उपप्रमुख राईले भनिन्, ‘अर्को कुरा, हाम्रो नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर बनिसकेको छ । सुत्केरीलाई अनिवार्य त्यही गएर सुरक्षित सुत्केरी गराउने वातावरण बनाउनका लागि पनि यो कार्यक्रम अघि सारिएको हो ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै