spot_img

नेकपा एमाले लमजुङको ९५ सदस्यीय कमिटीका लागि १३० जनाको उम्मेदवा

spot_img

नेकपा एमाले लमजुङको ९५ सदस्यीय  जिल्ला कमिटीका लागि १ सय ३० जनाको उम्मेदवारी परेको छ ।  कमिटीमा समावेशीतर्फ, दलितफर्त , खुलातर्फ र पालिका भूगोल, गरी १ सय ३० जनाको उमेदवारी परेको एमालेको ८ औं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । कमिटीका संयोजक बुद्धिसागर बरालका अनुसार ८ वटा स्थानीय तहबाट ६४ जनाका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

 जिल्ला कमिटीको अध्यक्ष १ जनाका लागि १ जना, उपाध्यक्ष १ जनाका लागि २ जना, सचिव १ जनाका लागि २ जना, उपसचिवमा २ जनाका लागि ७ जनाको उमेदवारी परेको छ । पालिका भूगोलबाट सदस्यमा दोर्दी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट २२ जनाका लागि २२ जनाकै उमेदवारी परेको छ । क्व्होलासोंथर गाउँपालिकाबाट ८ जनाका लाग ८ जना, दोर्दी गाउँपालिकाबाट ८ जनाका लागि ८ जना र दूधपोखरी गाउँपालिकाबाट ६ जनाका लागि ६ जनाकै उमेदवारी परेको हो ।

Advertisement

यस्तै सदस्यमा भूगोलतर्फ बेंसीशहर नगरपालिकामा ९ जनाका लागि १२ जनाको उमेदवारी परेको छ । सुन्दरबजार नगरपालिकामा ९ जनाका लागि १८ जना, मध्यनेपाल नगरपालिकामा ८ जनाका लागि ११ जना, राइनास नगरपालिकामा ८ जनाका लागि १० जनाको उमेदवारी परेको छ ।  मर्स्याङदी गाउँपालिकामा ८ जनाका लागि ९ जनाको उमेदवारी दर्ता भएको छ । समावेशीतर्फ ३ जनाका लागि ४ जना, दलिततर्फ ८ जनाका लागि ११ जनाको उमेदवारी परेको छ । खुलातर्फ १५ जनाका लागि २१ जनाको उमेदवारी परेको निर्वाचन कमिटीका संयोजक बुद्धिसागर बरालले बताए । 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै