spot_img

हिन्दी भाषाको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री राउत

spot_img

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण भएको उनले बताए ।

Advertisement

भारतीय महाबाणिज्य दूतावास बीरगञ्जले आईतबार जनकपुरधाममा आयोजना गरेको नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दी भाषा बोल्न र बुझ्न सहज रहेको उल्लेख गरे। ‘यसैले दुवै देशका नागरिकबीच सम्बन्ध स्थापित गर्न यो भाषा महत्वपूर्ण छ’ उनले भने ।

Advertisement

मुख्यमन्त्री राउतले हिन्दी भाषाले पूर्व-पश्चिम जोड्ने काम पनि गरिरहेको बताए । मुख्यमन्त्री राउतले भाषाहरुको अध्ययन र अनुसन्धान गर्न प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान चाँडै गठन गर्ने बताए

Advertisement

सामाजिक विकास मन्त्री नवलकिशोर साहले हिन्दी भाषा दुबै देशबीचको सम्बन्धलाई स्थापित गर्न सेतुको काम गरिरहेको बताए ।

कार्यक्रममा महाबाणिज्यदूत नितेश कुमारले विश्वका ५० करोडभन्दा बढी नागरिक हिन्दी भाषाको प्रयोग गरिरहको जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै