spot_img

नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुँदै

spot_img

काठमाडौं । नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुदैछ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कको संयुक्त आयोजनामा यहि असोज २० गते शनिबार खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिरबाट समेत सयौंको संख्यामा स्केटर (खेलाडी) को प्रतिस्प्रर्धा रहन आयोजकले जनाएको छ ।

Advertisement

नेपालमै पहिलो पटक हुन लागेको यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा चल्ने द स्केटल्याण्डका संचालक अब्राहम राईले जानकारी दिए ।

Advertisement

प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बिहान ८ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर बिदेशबाट समेत सयौंको संख्यामा स्केटररखेलाडीहरुले बाग्लो सहभागिता जनाउने आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै