spot_img

देउसाका चार जना सगरमाथा आरोही सम्मानित

spot_img


फागुन १४, सोलुखुम्बु । सोलुखुम्बुको थृुलुङ दुधकोशी गाउँपालिका–७ मा चार जना सगरमाथा आरोही सम्मानित भएका छन् । थुलुङ दुधकोशी–७ स्थायी ठेगाना भइ हालसम्म सगरमाथा आरोहण गर्ने आरोहीलाई आइतवार वडाले सम्मान समेत गरेको हो ।

Advertisement

सबै भन्दा बढी पाँच पटक सम्म सगरमाथा आरोहण गर्नुभएका किताब सिं तामाङसहित चार जनालाई सम्मान पत्र प्रदान गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार सम्मानित हुनेहरुमा दुर्गा तामाङ, तुल बहादुर तामाङ र पासाङ तामाङ रहनुभएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष असिम राईले उनीहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । सगरमाथा आरोहीका कारण राज्यले करोडौँ रोयल्टी लिन सफल भएको भन्दै अध्यक्ष राईले आफ्नो ज्यानको बाजी राख्दै आरोहणमा सहयोग गर्ने नेपालीको योगदान अतुलनीय रहेको बताए ।

Advertisement

देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने आरोहण क्षेत्रमा योगदान पु¥याउनेहरुको कदर गर्दै वडाले सम्मान गरेको बताइएको छ । सम्मान कार्यक्रमले आफुहरुलाई थप हौसला प्राप्त भएको सगरमाथा आरोही किताब सिं तामाङले बताउँनुभयो । जनतासंग सबैभन्दा नजिक रहेको वडा सरकारले आफुहरुलाई पहिचान गरि सम्मान गर्नु गौरबको कुरा रहेको उनको भनाइ छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै