spot_img

सोलुका किसानलाई फुल जोगाउनै मुस्किल !

spot_img

कार्तिक २०, सोलुखुम्बु । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्ड तिहार आउन अझै एक हप्ता भन्दा बढी समय बाँकी नै छ । तर सोलुखुम्बुको गाउँघरमा फुलेका सयपत्री फुलहरु भने ओइलाएर झर्न थालिकेको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ डुँडाका प्रेम बहादुर बस्नेतको बारीमा तिहारका लागि रोपिएको फुलहरु केही हप्ता अघिदेखि नै ढकमक्क फुलेका थिए । तर तिहार आउन करिब हप्ता दिन बाँकी हुँदै फुल ओइलिएर झर्न थालेपछि बस्नेतलाई चिन्ता लागेको छ ।

Advertisement

उनले भने, ‘तिहार आउन त अझै ९/१० दिन डल्लै बाँकी छ, यहाँ बारीको फुल औलिएर सबै झ¥यो अब के गर्नु ? यो वर्ष छिटो फुल फुलेको हो कि तिहार ढिलो भको हो, फुल काम नलाग्ने रहेछ ।’ दाजु बहिनीको सम्बन्धलाई समधुर र प्रगाढ बनाउने पर्व हो तिहार । यस वर्षको तिहारको भाई टिका कार्तिक २९ गते परेको छ । तर सयपत्री फुलहरु अहिले नै ढकमक्क फुल्दा लामो समय सम्म फुल नरहने पो हो कि भन्ने अधिकांश किसान तथा सर्वसाधरण समेत चिन्तित छन् ।

Advertisement

जिल्लाको देउसा क्षेत्रमा पनि फुलेको फुल अहिले झर्न थालिसकेको थुलुङ हस्तमाया विश्वकर्मा बताउछिन् । ‘रहर लाग्दो तवरले फुल फुलेको थियो तर यस वर्षको फलले तिहार नधान्ने देखियो, हेरेरै चित्त बुझाउनुपर्ने भयो, अब के गर्नु तिहार आउन अझै बाँकी नै छ फुल औलिएर झर्न थाल्यो ।’, दुखी हुँदै उनले भनिन् ।

Advertisement

गत वर्ष भन्दा यस पालीको तिहार केहि समय पछि परेको हुदा फुल टिप्ने दिन नआउदै फुल झर्ने होकि भन्ने सोलुखुम्ब महाकुलुुङकी हिरामाया विकको चिन्ता छ । तर पनि बचेका फुलहरुबाट तिहार हर्ष उल्लासका साथ मनाउने उहाँको सोच छ । गाउँघरमा जब सयपत्री ढकमक्क हुन्छ तब तिहारको झझल्को आइहाल्छ ।

घर सझाउनदेखि भाइटिकामा समेत प्रयोग हुने यो फुल पछिल्लो समयमा भने कमै पाइन्छ । चाडपर्वका बेलामा समेत पर्याप्त फुल उपलब्ध हुदैन भने फुलेको फुल पनि ओइल्याएर झर्ने चिन्ताले अझ बढी चेलीहरुलाई सताउन थालेको छ । फुल समय अगावै फुलेर ओइलाउन थालेपछि चेलीहरुलाई भाईटिकामा कसरी फुल जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको सल्लेरीकी सुनिता थापाले बताइन् ।

घर सजाउन तथा अन्य प्रयोजनका लागि तयारी फुल प्रयोग गर्न सकिएपनि माईतीलाई लगाइदिन भने सयपत्री फुल नै चाइने भएकाले चिन्ता थपिएको उनको भनाई छ । औलिएको फुल धागोमा उन्दा समेत नअडिने भएकाले समस्या हुने थापाको चिन्ता छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै