spot_img

एसीले प्राप्त गरे सोलुखुम्बुमै पहिलो पटक गैर आवासीय नेपाली नागरिकता

spot_img

कार्तिक १५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका आङ छिरी (एसी) शेर्पाले जिल्लामै पहिलो पटक पनि गैरआवासीय नेपाली नागरिकल प्राप्त गरेका छन् । हाल अमेरिकाको वासिङटन स्टेटमा बसोबास गर्दै आएका ५२ वर्षीय शेर्पालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिलो पटक आज बुधबार गैरआवसीय नेपाली नागरिकता प्रदान गरेको हो ।

Advertisement

नेपाल सरकारको अमेरिका स्थित अवैतानिक महावाणिज्य दूत समेत रहेका शेर्पालाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले नागरिकता प्रदान गरे । करिब ४० वर्षदेखि अमेरिकाको वासिङटन स्टेटमा बस्दै आउनुभएका एसीलाई नागरिकता प्रदान गरेसँगै जिल्लामा गैर आवासीय नेपाली नागरिकता वितरण सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए ।

Advertisement
IMG 1127 scaled

यस्तै बुधबार नै सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ जन्मथलो भई हाल अमेरिकामै बसोबास गर्दै आएका छेवाङ शेर्पालाई पनि गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको छ ।

Advertisement

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै