spot_img

नेचासल्यानमा ७८० हेक्टर खेतीयोग्य जमिन बाँझै

spot_img

असोज २३, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाकै सबै भन्दा उर्भर भुमि रहेको पालिका नेचासल्यान गाउँपालिका क्षेत्रको १८ दशमलव ५० प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ । पालिका क्षेत्रमा रहेको ४ हजार २ सय २१ हेक्टर खेतीयोग्य जमिन मध्ये १८.५० प्रतिशत अर्थात ७८०.८८ हेक्टर जमिन बाँझै रहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिकामा बसोबास गर्ने नागरिकहरु रोजगारिको शिलशिलामा विदेशिने, उच्च शिक्षा लिन सहर जाने, बसाई सरी अन्यन्त्र जाने गरेका कारण पालिका क्षेत्रको खेतीयोग्य जमिन बाँझिने क्रम बढेको गाउँपालिका कृषि शाखा प्रमुख सबिता बास्तोलाले बताइन् ।

Advertisement

साथै पछिल्लो पुस्ताका अधिकांशको प्रथमिकतामा कृषि नपर्ने गरेका कारण पनि खेती योग्य जमिनहरु बाँझिने क्रम मौलाएको बताइएको छ । कृषि शाखा प्रमुख बास्तोलाले भनिन, ‘पालिका क्षेत्रका अधिकांश नागरिकहरु जागिर, अध्ययन तथा रोजगारका लागि अन्यत्र छन्, उनीहरुको जग्गा जमिनमा खेती छैन, अनि अर्को कुरा युवाहरु खेती गर्न र माटो छुन मान्दैनन् त्यसैले पनि यहाँको खेती योग्य जमिन बाँझै भएको हो, तर जमिनलाई उपयोग गर्ने कार्यलाई पालिका लागेको छ ।’

Advertisement

जिल्लाको प्रमुख धान खेती हुने क्षेत्र मानिने नेचासल्यानमा मकै, कोदो, गहु, फापर, आलु, आँप, कटहर, लिची, केरा, किवी, कागती, सुन्तला, प्याज, लसुन, खुर्सानीका साथै अन्य तरकारी बाली उत्पादन हुने गरेको कृषि अधिकृत बास्तोताको भनाई छ ।

५ वटा रहेको यस पालिकाको ८ हजार ६ सय ८ हेक्टर क्षेत्रफल मध्ये २ हजार ४ सय ६४ हेक्टर झाँडी तथा बुट्ना, ३२ हेक्टर नदीनाला तथा खोलाले र ४ हजार २ सय २१ हेक्टर क्षेत्रफल खेती योग्य जमिनले ओगटेको छ । जसमा २ हजार ७ सय ४२ घरधुरी नागरिकहरु बसोबास गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै