spot_img

लुक्लाका लागि उडेको ७ वटा हेलिकप्टर खोटाङमा आकस्मिक अवतरण

spot_img

असोज १९, सोलुखुम्बु । काठमाडौँबाट सोलुखुम्बुका लागि उडेका ७ वटा हेलिकप्टर खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण आज शुक्रबार बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

Advertisement

खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सातवटा हेलिकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए । मौसममा सुधार आएपछि सातवटै हेलिकप्टर गन्तव्यतर्फ उडेको बताइएको छ ।

Advertisement

पर्यटक बोकेको हेलिकप्टर मौसम प्रतिकुलताका कारण लुक्लामा अवतरण हुन नसकेपछि खोटाङको लामीडाँडा पुगेर विश्राम लिएको बताइएको छ ।

Advertisement

वि.सं. २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकप्टरले आकस्मिक अवतरण गर्दै आएको छ ।

जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएपनि अहिलेसम्म हवाईजहाज उडान तथा अवतरण भएको छैन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै