spot_img

सोलुखुम्बुमा भालुको आक्रमणबाट थप एक जनाको मृत्यु

spot_img

असोज ९, सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आज मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सख्त घाईते भएका रार्ईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताए ।

Advertisement

उनको टाउको, घाँटीसहित शरिरको विभिन्न भागमा चोट लागेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ । यससँगै यस सिजनमा एउटै पालिकामा भालुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

Advertisement

यस अघि गत भदौ ३० गते महाकुलुङ गाउँपालिका–१ खिरौलेका ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पाको पनि भालुको आक्रमणबाट ज्यान मृत्यु भएको थियो ।-फायल फोटो

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै