spot_img

सोलुमा सुरु भयो कोदो, फापर तथा आटाको केक, दुनोट बनाउने तालिम

spot_img


असोज ८, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा एक महिने बेकरी तालिम सुरु भएको छ । महिला उद्यमी संघ नेपाल सोलुखुम्बुको आयोजनामा आईतबारबाट तालिम सुरु भएको आयोजक संस्थाका अध्यक्ष सारदा माया तामाङले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार दश दिन प्रयोगात्मक र सैद्धान्तिक दुबै कक्षा सञ्चालन हुने २० दिन प्रयोगात्मक मात्रै कक्षा सञ्चालन हुने बताइएको छ । तालिमको सहजिकरण केन्द्रीय तथा स्थानीय प्रशिक्षकहरुले गर्ने अध्यक्ष तामाङको भनाई छ । तालिममा जिल्ला भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

Advertisement

उक्त तालिममा स्थानीय उत्पादन (कोदो तथा फापरको पिठो, आटा) लगायतको केक, दुनोट लगायत ७ भन्दा बढी परिकार बनाउने सीप सिकाइने छ । सहभागी ३० जना मध्ये उत्कृष्ट १५ जनालाई छनौट गरी थप ५ दिनको सैद्धान्तिक कोर्ष गराउने बताइएको छ । आयोजकका अनुसार तालिम सञ्चालनका लागि आइएलओको आर्थिक सहयोग रहेको छ ।

Advertisement

महिलाहरुलाई उद्यमी बनाई आर्थिक विकासमा सहभागी बनाउने कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको महिला उद्यमी संघका जिल्ला अध्यक्ष तामाङको भनाई छ । वर्तमान अवस्थामा समेत महिलाले उद्यम गर्ने भएतापनि आर्थिक स्वामित्त भने पुरुषमा सिमित हुनेगरेको भन्दै अध्यक्ष तामाङले यस्ता परिपाटीको अन्त्य गर्नको लागि महिला लक्षित कार्यक्रममा जोड दिइएको बताइन् ।

महिलाहरु आर्थिक रुपमा कम्जोर हुँदा हरेक क्षेत्रमा उनीहरुको उपस्थिति प्रभावकारी नहुने र राज्यले दिएको अधिकार सदुपयोगमा समेत औपचारीकतामा सिमित हुनेगरेको संस्थाका अध्यक्ष तामाङले बताइन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै