spot_img

सोलुमा परम्परागत कृषि औजार बिक्रीमा गिरावट, आरान व्यावसायमा धक्का

spot_img

असार २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परम्परागत कृषि औजार बिक्रीमा गिरावट आएको छ । कृषिमा आधुनिक औजारको प्रयोग बढेसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने परम्परागत फलामे औजारको खपत घटेको हो ।

Advertisement

जसका कारण फलामे औजार उत्पादन गर्ने आरान व्यावसाय गर्ने समुदाय भने मर्कामा परेका छन् । जिल्ला सदरमुकाम सल्लेरी स्थित साप्ताहिक हाट नयाँ बजारमा कृषिमा आवश्यक फलामे औजारहरु बिक्रीका लागि आएका देउसा दिङ्गेलका छिरिङ विश्वकर्मा सामाग्री बिक्री नहुँदा चिन्तामा परेका छन् ।

Advertisement

उनले हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजार बिक्रीका लागि ल्याएका थिए । तर पछिल्लो केहि वर्षयता यि औजारहरुको खपत घट्दा विश्वकर्मामा चिन्ता थपिएको छ । सोलुखुम्बु सहितका क्षेत्रहरुमा पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका कृषि औजार बिक्री हुन छाडेको छ ।

Advertisement

कृषिमा आधुनिक औजार भित्रिनु र कृषि व्यवसाय गर्ने मानिसहरु समेत घट्दै जाँदा त्यसमा प्रयोग गरिने परम्परागत फलामे औजारको खपत भारी मात्रामा घटेको विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सल्लेरीका सुब्बे विश्वकर्माले बताए ।

कृषि औजार बिक्री हुन छाडेपछि देउसाका जुद्ध बहादुर विश्वकर्मालाई पनि समस्या आई लागेको छ । परम्परागत बालीघरे चलन छाड्दै व्यावसायिक रूप दिई आरन चलाउनेहरू केही वर्षयता पेसाले धान्न नसकेपछि के गर्ने भन्दै दोधारमा छन् ।

आरनलाई चाहिने कोइला र कच्चा फलामको व्यवस्थानमा चुनौतीपुर्ण छ भने उत्पादन भएका औजारहरु प्रति समेत क्रेताको आर्कषण न्यून हुँदा पुस्तौदेखिको पेसा नै संकटमा परेको उहाँको दुखेसो छ ।

received 832505758006893

गाउँतिर खेती किसानीमा लाग्नेको सङ्ख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको सहजतालगायतका कारण स्थानीय श्रम र सीपमा आधारित व्यावसाय सङ्कटमा परिरहेको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै