spot_img

सगरमाथा क्षेत्र जोड्ने सडक पिचको काम सुरु, सांसदसहितका व्यक्तिले गरे शिलान्यास

spot_img


सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको शिलान्यास गरिएको छ । संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको सडक कालोपत्रेको आज शुक्रबार प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शिलान्यास गरेका हुन् ।

Advertisement

सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु सडक अन्र्तगत पहिलो चरणमा करिब १५ किलो मिटर सडक कालोपत्रे हुने जनाईएको छ । जस अन्र्तगत करिब ६ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी ९ किलोमिटर सडक माप्यदुधकोशी गाउँपालिका क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ ।

Advertisement

शिलान्यास कार्यक्रममा बोल्दै सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठुलो महत्व राख्ने दाबी गरे । यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उनले जोड दिए । प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले विकासमा राजनिति घातक हुने दाबी गरे ।

Advertisement

विकास र राजनिति दुवै जनताका लागि गरिने भएकाले विकासमा सबैको सहयोग र सहकार्य आजको आवश्यकता भएको उनले बताए । माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाईफलाईन सडकको कालोपत्रेले पर्यटन पर्वद्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । विकासका लागि सबै स्थानीय सरकारसँग समन्वय गर्न माप्यदुधकोशी गाउँपालिका तयार रहेकाले जनतामुखी विकास भएको खण्डमा मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले यसमा जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरु एकजुट हुन आवहान गरे ।

IMG 8906

उक्त सडक कालोपत्रेको ठेक्का चम्पेश्वर–पिएम निर्माण जेभि ललितपुरले पाएको छ । बहुवर्षीय आचयोजना अन्र्तगत पर्ने सो कार्यका लागि निर्माण कम्पनीले २०८३ असार २७ गते सम्मको समय अवधि पाएको छ । तर पहिलो चरणको काम अन्र्तगत १५ किलोमिटर सडकमा सडक चौडा, वाल, नाली निर्माण, ठाउँ ठाउँमा ह्युम पाईप राख्नेसहित कालोपत्रे गर्ने कार्य एक वर्ष भित्र सकिने निर्माण कम्पनीले जनाएको छ । सोही सडक केहि दिन अघि सोलुदुधकुण्ड नगरपालिकाले छुट्टै शिलान्यास गरेको थियो

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै