spot_img

मुलुकको १०० पर्यटकीय गन्तव्य सूचीमा समावेश ‘बराहपोखरी’ संकटमा

spot_img

भदौ २५, सोलुखुम्बु । नेपाल सरकारले सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरी संकटमा परेको छ । बराहपोखरी गाउँपालिका–१ स्थित बराहपोखरी भलबाढीका कारण पोखरीको स्वरुप मात्रै बिग्रिएको छैन कि सुन्दरता समेत गुम्दै गएको छ ।

Advertisement

कुनैबेला गोलो आकारको बराहपाखरी गाउँपालिका १ स्थित बराहपोखरी अहिले गेगरले पुरिएर खुर्पाको जस्तो आकार बनेको छ । वर्षातको भलले बगाएर ल्याएर थुप्रिएको बलौटे गेगरले पोखरीको स्वरुप नै बिग्रिदै गएको छ भने त्यसलाई पन्छाएर बराहपोखरीको आकारलाई पुर्ववत अवस्थामा फर्काउने चासो कसैले नदिएको स्थानीय ध्रुव गिरीको चिन्ता छ ।

Advertisement

३३० मिटर लम्बाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा अहिले पनि जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्नेगरेको छ । बराहपोखरीमा खहरे भेल छिरेर गेगर मात्रै थुप्रिएको छैन पानीको सतह पनि घटेको छ । बिक्रम संवत १९९० सालको भूकम्पका कारण बराहपोखरीको पानी घट्न थालेको हो ।

Advertisement

२०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको स्थानीय डिल्लीराम गिरी बताउछन् । चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित पर्वद्धन र संवद्र्धन गर्न सके प्रमुख पर्यकीय स्थलकारुपमा विकास गर्न सकिने सम्भावना छ । तर संरक्षण र संवद्र्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको छ ।

मुहान र निकास हुने ठाउँ नदेखिए पनि बा¥है मास पानी हुनु बराहपोखरीको बिषेशता हो । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । यसको संरक्षणका लागि अन्यत्रबाट पानी ल्याएर फिल्टर गरियो भने पोखरी संरक्षणको सम्भावना रहेको बराहपोखरी गाउँपालिका–१ का वडाध्यक्ष ढकबहादुर कार्कीको भनाई छ ।

जसका लागि पालिकासँग समन्वय गरेर अघि बढ्ने उनले बताए । स्थानीयका अनुसार धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । खोलाको पानी फिल्टर गरेर हिउँदमा हाल्ने व्यवस्था गर्न सके बराहपोखरीको आकर्षण फर्काउन सकिने सम्भावना रहेको स्थानीयबासी बताउँछन् ।

यहि पोखरीको नाममाबाट बराहपोखरी गाउँपालिकाको नाम समेत रहन गएको हो तर यसको संरक्षणमा स्थानीय सरकार समेत उदासिन बनेको पालिकबासीको गुनासो छ ।
रातो माछा समेत संकटम
सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्लभ रातो माछा मर्न थालेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको हो । ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय डिल्लीराम गिरीले बताए ।

चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको छ । मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको वडाध्यक्ष ढक बहादुर कार्कीले बताए । पोखरीको रातो माछा मर्नुको कारण पत्ता लागेको छैन ।

बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको असरका कारण रातो माछा मर्न थालेको स्थानीयको दाबी छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरले समेत माछाको अस्तित्व संकटमा परेको हो ।

पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछा सम्वन्धी जानकारहरु बताउँछन् । पोखरीको सरसफाईमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई असर पुगेको कतिपयको बुझाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै