spot_img

सोलुमा तुईनको माध्यमबाट एक दर्जन गाडी कोशी तारियो

spot_img


भदौ २२, सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशीपारि फसेका एक दर्जन गाडी तुइनको माध्यमबाट कोशीवारि तारिएको छ । दूधकोशीमा आएको बाढीका कारण बेलिब्रिज क्षतिग्रस्त भएपछि कोशीपारि फसेका १२ वटा गाडी तुइनको माध्यमबाट कोशी तारिएको हो ।

Advertisement

गएको भदौ ७ गते आएको बाढीले थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमाना दिप्लीघाटमा रहेको दूधकोशीमाथिको बेलिब्रिजमा क्षति पु¥याएको थियो । बेलिब्रिज क्षतिग्रस्त भएपछि कोशीपारिका पालिकाहरू सोताङ र महाकुलुङ गाउँपालिका क्षेत्रमा गएका ६० वटाभन्दा बढी गाडी रोकिएको थियो ।

Advertisement

ती गाडीमध्ये १२ वटा गाडीलाई हाइड्रोपावरको समन्वयमा तुइनको माध्यमबाट कोशीवारि तारिएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए । गाडी तार्नका लागि थुलुङ दूधकोशी गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष असिम राईले बताए ।

Advertisement

बाढीले मोटरेबल पुलको पिलरमै क्षति पुगेसँगै जिल्ला सदरमुकाम र कोशीपारिका क्षेत्रहरू सोताङ र महाकुलुङको सवारी आवागमन ठप्प बनेको छ । जसका कारण कोशीपारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका स्थानका लागि सञ्चालन हुँदै आएको यातयात सेवा रोकिएको छ ।

यो पुल कोशीपारिका क्षेत्र जाने एक मात्र सडक मार्ग हो । सिधा सडक सञ्चालन बन्द भएपछि जिल्लाको कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकामा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढेको स्थानीयले बताएका छन् ।

बेलिब्रिज निर्माणको चरणमा रहेकाले केही महिनापछि सिधा सवारी सञ्चालन हुने थुलुङ दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै