spot_img

तिब्बतसँगको सिमा खुम्बुको नाङ्गपाला नाका सुरक्षा उपस्थिती विहीन, ढल्यो सिमा स्तम्भ

spot_img

सुबास दर्नाल, साउन २७, सोलुखुम्बु । सोलुखुम्बु नेपाल र तिब्बतको सिमाना नाङ्गपाला नाका नेपाली सुरक्षाको उपस्थिती विहीन बनेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित उक्त नाका वर्षौदेखि नेपाली सुरक्षा विहीन बनेको हो ।

Advertisement

नाम्चेबाट ८० किलोमिटरको दुरीमा रहेको सिमानाका नजिकै चीन तर्फको सुरक्षा फोर्स रहेको छ भने नेपालको भने कुनै पनि उपस्थिती नरहेको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचे सोलुखुम्बुका निमित्त प्रमुख रामललन यादव (ललन)ले बताए । उनका अनुसार सो नाकाबाट करिब २ किलोमिटर अगाडी चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडी चीनको सुरक्षा पोष्ट तथा २० किलोमिटर अगाडी चीनको थिङ्ग्रे बजार रहेको छ ।

Advertisement

नेपालतर्फको सिमानाकाको सबै भन्दा नजिक करिब ६२ किलोमिटरको दुरीमा थामे प्रहरी चौकी रहेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामे भन्ज्याङलुङ्गदे भन्दा माथि मानव बस्ती नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । समुन्द्रि सतहबाट ५ हजार ८ सय ८७ मिटरको उचाईमा रहेको सो नाकामा वि.स. २०६७ सालपछि नेपालीको आउजाउ करिब बन्द नै भएको बताइन्छ ।

Advertisement

वि.स २०६७ सालसम्म चीन र नेपाल विच मानिसहरुको आवतजावत हुने गरेको नाका त्यस पश्चात चीनले बन्द गरेको हो । सोही बाटो हुँदै तिब्बतीहरु नेपाल प्रवेश गरेको र सोलुखुम्बुसहितको क्षेत्रमा शरण लिएर बसेको स्थानीय जानकारहरु बताउछन् । जसमा कारण उक्त नाका चीनले बन्द गराएको उनीहरुको भनाई छ । भौगोलिक कठिनाईका कारण नाकामै सिमा सुरक्षा पोष्ट राख्न नसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।

उनले भने, ‘त्यो नाका सामान्यतय पिक नै हो, त्यहाँ पुरै हिउँ पर्छ र जमेर पुरै आईस बनेको छ, चाईनापट्टिको भुभाग अलिक सजिलो छ भनिएको छ तर नेपालतर्फको क्षेत्र असाध्यै कठिन छ, त्यसैले त्यहाँ सुरक्षा पोष्ट खडा गर्न सम्भव छैन् ।’ सिमा सुरक्षालाई मध्यनजर गर्दै नाम्चेमा प्रहरी निरीक्षकको कमाण्डमा शसस्त्र प्रहरीको पोष्ट खडा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

साथै सिमा सुरक्षाको विषयमा समय समयमा चीनको वैदेशिक मामिला प्रमुखसँग पनि स्न्याप च्याट मार्फत संवाद हुने गरेको छ भने केहि दिनमा पुनः दुई देशविचको सुरक्षा टिमको बैठक बस्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । वि.स.२०७१ सालमा याक आनुवंशिक श्रोत केन्द्रले ३ महिनाको प्रयासपछि प्रकृया पुरा गरी २४ जनाको टोली नाक तथा याक खरिदका लागि नाङ्गपाला नाका हुँदै चीन पुगेका थिए ।

उनीहरुले सोही बाटो हुँदै २५ नाक र ५ याक सोलुखुम्बुको स्याङबोचे ल्याएका थिए । त्यस यता सो क्षेत्रमा कुनै पनि नेपालीको उपस्थिती नरहेको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन)ले बताए ।

उनले भने, ‘निक्कै लामो प्रकृयापछि हामीहरु त्यही नाका हुँदै तिब्बत पुगेका थियौँ, २५ दिन लगाएर हामीले याक तथा नाक लिएर स्याङ्बोचे झ¥यौ, तर यति धेरै कठिनाई छ की, सामान्य पिक आरोहण गरे सरह नै हो त्यो नाका, पहिला त बाटो नै थियो रे पछि नाका बन्द भएपछि बाटो पुरै हिउँले बन्द भएछ त्यहि भएर गाह्रो भएको हो नत्र पहिले त सजिलै थियो भनिन्छ ।’

चीनले नाका बन्द भएपछि नेपालतर्फको सिमानामा कुनै मानविय आउजाउ नहुँदा हिउँले बाटो पुरिएको बताइन्छ । सो पिलरबाट करिब २ किलोमिटर अगाडी चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडी चीनको सुरक्षा पोष्ट तथा २० किलोमिटर अगाडी चीनको थिङ्ग्रे बजार रहेको छ ।
नेपालतर्फको सिमास्तम्भ ढल्यो
नेपाल र तिब्बतको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ स्थित नाङ्गपालामा रहेको नेपाल तर्फको सिमा स्तब्भ ढलेको छ । नेपाल र चीन विचको उत्तर तर्फको नाङ्गपाला नाकामा रहेको नेपाल तर्फको एक मात्र सिमा स्तम्भ ढलेको हो ।

उक्त नाकामा रहेको आर.जी.५९७०९८ को ६२ नम्बरको एक मात्र सिमेन्टेड पिलर तिब्बततर्फ ढलेर नम्बर समेत छोपिएको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन)ले जानकारी दिए । यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ जेठ २ गते नै उक्त स्तम्भ ढलेको पाइएको उनको भनाई छ ।

हिमाल हुँदै बग्ने हिम नदिका कारण उक्त स्तम्भ ढलेको हुन सक्ने प्रत्यक्षदर्शी रामललन यादवले बताए । नदिकै कारण सिमास्तम्भ ढलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे ।

उनले भने, ‘सो विषयमा हामीले मन्त्रालयमा पनि रिपोटिङ गरिसकेका छौ, अहिले नै त्यहाँ गएर सिमा खडा गर्ने सम्भावना छैन् तर सिमा सार्ने लगायतका नेपाललाई असुरक्षा हुने त्यस्तो कुनै सम्भावना छैन् ।

हामीले सिमा सुरक्षा र जानकारी लिन समय समयमा चीनको सिमा हेर्ने निकाय चीनको काउन्टी बैदेशिक मामिला प्रमुखसँग संवाद भईरहेको छ ।’
तस्विर : नाङ्गपाला नाका सोलुखुम्बु ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै