spot_img

सोलुमा आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई साडे ५२ वर्ष कैद सजायको फैसला

spot_img

साउन १६, सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष भन्दा बढी कैद सजायको फैसला भएको छ । १० वर्ष भन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक युवकलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

Advertisement

गुरुङ थरका ति युवकलाई १० वर्ष भन्दा कम उमेरका बालिका करणीमा २५ वर्ष, हाड नाता करणीमा २५ वर्ष र हतियार देखाई करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए ।

Advertisement

ति युवक विरुद्ध ३ वटा कसुरमा सरकारी वकीलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए ।

Advertisement

उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै