spot_img

सोलुमा फस्टाउँदै रुख कटहरको खेती, बढ्दै उपभोक्ताको माग

spot_img

साउन १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा उत्पादन भएको रुख कटहरको माग विस्तारै बढ्न थालेको छ । तराई तथा मधेश क्षेत्रमा बढी उत्पादन हुनेरुख कटहर सोलुमै उत्पादन हुन थालेपछि उपभोक्ताहरु पनि यस फल प्रति आर्कषित बन्न थालेका हुन् ।

Advertisement

अहिले रुख कटहर र भुइ कटहरको पाक्ने बेला हो । यसको स्वाद र वास्ना निकै मिठासपूर्ण हुन्छ । कटहर मिठोमात्र होइन स्वास्थ्यका हिसावले पनि निकै फाइदाजनक हुन्छ । सोलुखुम्बुमै उत्पादन गरिएको रुख कटहर बजारमा भित्रिएसँगै उपभोक्ता दंग परेका छन् ।

Advertisement

गार्मा जोरबौद्धका टेक बहादुर भुजेल सल्लेरी नयाँ बजारमा कटहर किन्दै गर्दा भटिए । उनले भने– ‘यो फल पहिला–पहिला तराईबाट मात्रै आउथ्यो तर अहिले त यहि फल्न थालेछ अनि मैले किने, हामीले त अघि साथीहरुसँ पनि किनेर यहि फोरेर खायौँ ।’

Advertisement

सामान्यतय तराई तथा मधेश भेगमा बढी मात्रामा उत्पादन हुने रुख कटहर पछिल्लो समय सोलुखुम्बुको देउसा, नेचासल्यान लगायतका क्षेत्रमा खेती गर्न थालिएको छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी हुने जानकारहरु बताउँछन् ।

यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले पनि आफुलाई असाध्यै मन पर्ने गरेको छुल्यामुकी अन्जु माया तामाङ बताइन् । सोलुखुम्बुमा धेरै वर्ष अघि फाट्टफुट्ट मात्रामा रुख कटहर रोपिएको भएपनि विस्तारै रोगका कारण बोट नै मासिदै गएको थियो । तर पछिल्लो समय सुरु गरिएको खेतीले राम्रै आम्दानी दिन थालेपछि किसान समेत दंग छन् ।

FB IMG 1690689463325

कम मेहनत र लगानीमा गर्न सकिने यस खेती प्रति किसानको आर्कषण बढ्दै छ भने उपभोक्ताहरुले समेत रुचाउन थालेको किसान तथा व्यापारी सोलुखुम्बु देउसा चेराखुका सेते राई बताउँछन् । ‘यो खेती एकदमै सजिलो पनि अनि फाईदा हुने पनि हो, एक पटक रोपेपछि धेरै वर्ष पुग्छ, तर यहाँको मानिसहरुमा पनि विस्तारै खाने बानी पर्दै छ, बुझ्नेले त खोजी खोजी किन्छन् तर नबुझ्नेले वास्ता गर्दैनन् एक पटक खाएपनि भने सधै खान्छन् ।’–उनले सत्यप्रेससँग भने ।

रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । यसको गुदी र कोया, सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ ।

FB IMG 1690689492792

रुख कटहर फलमा भिटामीन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ । यी सबै विशेषताहरूले खाद्यान्न संकट तथा कुपोषण समस्यालाई समेत समाधान गर्न अति उपयोगी सिद्ध हुने जानकारहरु बताउँछन् ।
रुखकटहर खानुका फाइदा यस्ता छन् ? जानिराखौँ,
–रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, ¥याबोप्mलेमिन, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।


–यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।


–रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ ।


–रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।


–रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ ।


–थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पु¥याउँछ ।


–हड्डीका लागि पनि रुखकटहर फाइदाजनक मानिन्छ । यसमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउँछ र भविष्यमा असिटयोपोरोसिसको समस्या हुनबाट बचाउँछ ।


–यसमा पाइने भिटामिन सी र ए ले रोगप्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ ।


–रुखकटहरले अल्सर तथा पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ । कब्जियत हटाउनका लागि यसले प्रभावकारी रूपमा काम गर्छ ।


–रुखकटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै