spot_img

सोलुखुम्बुमा अपराधिक घटनाको संख्या १३ प्रतिशतले घट्यो

spot_img

साउन ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अपराधिक घटनाको संख्यामा १३ प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा अपराधिक घटनाको संख्या १३.३३ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्ष १९८ वटा अपराधिक घटना दर्ता भएकोमा गत आर्थिक वर्ष १७२ वटा मात्रै घटना प्रहरीमा दर्ता भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार गत आर्थिक वर्ष जिल्लामा सबै भन्दा बढी भवितव्य ज्यानका ७३ वटा घटना घटेका छन् ।

Advertisement

आत्महत्याको ३७ वटा, यौनजन्य २५ वटा, अभद्र व्यवहार १४ वटा, चोरी तथा डकैती ७ वटा र ज्यान मार्ने उद्योग ४ वटा घटना घटेको डिएसपी श्रेष्ठले बताउँनुभयो । यस्तै सवारी भवितव्य ज्यान, जुवा, अपराधिक प्रवेश तथा अपराधिक उपद्रव, हातहतियार खरखजना, ठगी, फुटकर ज्यान १/१ वटा र कर्तव्य ज्यानका २ वटा घटना घटेको छ ।

Advertisement

सुरक्षाकर्मीको सकृयता तथा नागरिक स्तरमा चेतनाको स्तर समेत बढ्दै जाँदा यस्ता अपराधिक घटनाको संख्यामा कमी आएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै