spot_img

मीड सोलु हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

spot_img

असार ५, सोलुखुम्बु । मीड सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ ।

Advertisement

कम्पनीले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयलाई निष्कासन गर्ने छ ।

Advertisement

जसमा ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका– ३,४,५,६, ७ र ११ का बासिन्दाका लागि निष्कासन गर्ने भएको छ । यस्तै १ लाख ८७ हजार १०० कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि निष्कासन गर्ने छ ।

Advertisement

यता ७४ हजार ८४० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका युवाले साउन १४ गतेदेखि साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै