spot_img

माथिल्लो सगरमाथाका जिल्लाका किसान व्यावसायिक बाख्रा पालनतर्फ उन्मुख

spot_img

असार २८, सोलुखुम्बु । पछिल्लो सयम माथिल्लो सगरमाथाका जिल्लाका किसान आधुनिक बाख्रा पालनतर्फ उन्मुख भएका छन् । परम्परागत कृषि पद्धतीबाट कम आम्दानी हुने भएपछि किसानहरु आधुनिक बाख्रा पालन व्यावसायतर्फ आकर्षित भएका हुन् ।

Advertisement

परम्परागत शैलीमा बाख्रा पाल्दै आएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको ब्यापक सुधार गरेका छन् । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो बृद्धि भएको श्रेष्ठले बताए ।

Advertisement

उनले अहिले ४० वटा बाख्रा पालेका छन् । सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रालाई घाँस–पानी दिन सहज, घाम पानीबाट ओतको राम्रो व्यवस्था र सरसफाईका लागि सजिलो हुने गरेको उनिहरुको अनुभव छ ।

Advertisement

यस्तै हिमाली जिल्ला सोलुखुम्बुका किसानहरु पनि आधुनिक तवरबाट उननत बाख्रा पालनमा जुटेका छन् । माप्यदुधकोशीका आङ काजी शेर्पाले केहि वर्षदेखि आधुनिक तवरबाट बाख्रा पालन सुरु गरेका छन् । उनले बाख्रा पालनबाटै वार्षिक लाखौ आम्दानी गर्ने गरेको बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई ओखलढुंगा मार्फत जिल्लाको तीन स्थानिय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको छ । मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको केही वडामा कार्यक्रम लागु गरिएको छ ।

बाख्रा जोनमा करिब १५० व्यवसायिक किसान आवद्ध छन् । परियोजना मार्फत ओखलढुंगामा बाख्रा, आलु र सोलुखुम्बुमा स्याउ ओखर, किवी जोन कार्यक्रम सञ्चालन भएका छन् । केहि वर्ष भित्र ओखलढुंगा मासुमा आत्मनिर्भर बन्ने बताईएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै