spot_img

सोलुखुम्बुमा कुरिलो खेतीको सम्भावना उच्च, यसरी गर्न सकिन्छ खेती

spot_img

असार २५, सोलुखुम्बु । सोलुखुम्बुमा कुरिलो खेतीको सम्भावना रहेपनि हाल सम्म जिल्लामा व्यावसायिक रुपमा खेती गरेको पाइएको छैन् । उष्ण तथा समशितोष्ण हावापानी भएको मध्य पहाडी क्षेत्रमा हने कुरिलो जिल्लाको अधिकांश पालिका क्षेत्रमा हुने भएपनि हाल सम्म खेती गरेको अभिलेख नरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

Advertisement

केन्द्रका सुचना अधिकारी कुल बहादुर राईका अनुसार जिल्लाको सबै जसो पालिका क्षेत्रहरुमा यसको व्यावसायिक खेती गर्न सकिन्छ । बजारमा माग समेत रामो रहेको बहुपोषिलो तरकारी कुरिलो प्रति जिल्लाका कुनै पनि किसानहरुले चासो दिएका छैनन् । कुरिलो मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरिलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो देखिएको छ ।

Advertisement

कुरिलोको कलिलो टुसा खानाका लागि खेती गरिन्छ । कुरिलो एक पटक खेती गरेपछि कम्तीमा पनि २० बर्षसम्म यसले उत्पादन दिनेगर्छ । कुरिलो खेतीको लागि हिँउदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो हुने जानकारहरु बताउँछन् ।
के हो कुरिलो ?
कुरिलो कलिलो टुसाको लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलोपाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।
हावपानीः
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । समशीतोष्ण हावापानी भएको नेपालको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५—१८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ ।

Advertisement

बिरुवाको वृद्धि विकासका लागि ३—५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम हुनुपर्दछ । कुरिलोको क्राउनलाई जाडो तथा चिसोबाट केही असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडोरहिरहने ठाउँ छनोट गर्नु हुँदैन ।
माटोः
कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको मलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ । झारपात कम उम्रने जमिन हुनु आवश्यक छ । माटोको पी.एच. ६ देखि ७.५ सम्म राम्रो मानिन्छ ।

पानीकोनिकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन । कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ । बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।
जातहरूः
शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठोभए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुनेभएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ । अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ ।

यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटो–छोटो हुन्छ ।
हेरचाह :
कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक– पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ । २/३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३/४ सेमि गहिरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ ।

बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ गर्नुपर्दछ । जाडोसकिएपछि सुकेका बोटहरूको जमिनमाथिको भाग हटाईदिनुपर्दछ । नोक्सान नपुग्ने गरी हल्का गोडाइ गरी गोबर मलका साथै युरिया र चून (२ के.जी. प्रति रोपनीका दरले माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।
गोडमेलः
कात्तिक–मंसिरमा पातहरू पहेंलिएपछि सतहबाट ५ से. मि. माथि काटिदिनुपर्दछ । फागुन चैतमामा टुसा पलाउनुभुन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसोबन्ने गरी माटो झिकेर पुर्नुपर्छ ।
मलखाद व्यवस्थापनः
१ देखि १.५ स्क्वायर फिटको परिधि र गहिराइमा करिब ३ के.जी. कम्पोस्ट मल हालेर कुरिलोको बिरुवा लगाउन सकिन्छ । जमिन तयारी गर्दा शुरुमा तीन÷चार पटक जोतेर डल्ला फोरेर झारपात नभएको जग्गामा प्रति रोपनी कम्तीमा ८०—१०० भारी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ । तर शुरुमा हालिएको मलले मात्र कुरिलोलाई पुग्दैन ।

प्रत्येक हिउँदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोस्ट मल, कखुराको मल, गाईभैँसीको धूलो मल करिब २—३ के.जी. प्रतिबोट हाल्नुपर्दछ । सिजनमा राम्रो उत्पादन दिन नसक्ने बिरुवालाई मल थपिरहनुपर्दछ ।
सिंचाइः
सिंचाइ मुख्य गरेर माटोको बनोट, किसिम, मौसम र बालीकोअवस्थामा भर पर्दछ । चिम्ट्याइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटक–पटक गरी सिंचाइ गर्नुपर्दछ । नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिंचाइ आवश्यकताअनुसार गर्नुपर्दछ ।

प्रथम सिंचाइ बाली रोपेपछि लगत्तै दिनुपर्दछ । बाली लिने बिरुवामा पनि आवश्यकताअनुसार सिंचाइ गरिरहनुपर्दछ । खास गरी फागुन, चैत, वैशाख देखि वर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ ।
उत्पादनः
व्यावसायिक रूपले १ वर्षपछि उत्पादन दिन्छ । चैतको शुरुबाट असोजसम्मसामान्यतया कुरिलोको उत्पादन लिन सकिन्छ । कुरिलोको सरदर उत्पादन २००– ५०० के.जी. प्रति रोपनी पाइएको छ ।

चैत देखि भदौसम्म राम्रो उत्पादन लिन सकिन्छ । सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४—६ महिनाजति र तराईमा ६—७ महिनाजति उत्पादन लिन सकिन्छ ।

कुरिलोको माग उच्च
बजारमा सबैभन्दा महंगो रहिआएको तरकारी कुरिलोको मूल्य चार दिनमै प्रतिकेजी ५ सय २५ रुपैयाँले बढेको छ । विगतको दिनमा पनि महंगो हुँदै आएको तरकारी कुरिलोको मूल्य निषेधाज्ञामा दैनिक रुपमा बढेको हो ।

शरीर मजबुतीका लागि आवश्यक तरकारीको रुपमा चिनिने कुरिलोको मूल्य गत लकडाउन र निषेधाज्ञामा प्रति केजी नै ५ हजारसम्म पुगेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै