spot_img

दियालो बेचेरै टेक बहादुरको घर खर्च, ग्यासको प्रयोगले दियालो खपत न्यून

spot_img

असार २२, सोलुखुम्बु । कुनै एक समय उज्यालोको रुपमा दियालो प्रयोग गरिन्थ्यो । समय फेरिएसँगै अहिले दियालो सजिलोसँग चुलोमा आगो सल्काउन फाट्टफुट्ट मात्रै प्रयोग गरिन्छ । तर त्यहि दियालो बिक्रीबाट कतिले भने घर खर्च चलाउँदै आएका छन् ।

Advertisement

हिमाली जिल्ला सोलुखुम्बु कतिपय व्यक्तिहरु दियालो बेचेरै जीविका चलाउछन् । भालुको जोखिम मोलेर जंगलबाट संकलन गरेर ल्याएको दियालो स्थानीय हाट बजारमा विक्रि गर्छन् । त्यसबाट भएको आम्दानीले घर खर्च चलाउछन् ।

Advertisement

त्यसमध्येका एक हुन्, सोलुखुम्बु केरुङका टेक बहादुर मगर । उमेरले ७० वर्ष पुग्नै लागेका मगर हरेक हप्ता सल्लेरी स्थित साप्ताहिक हाट नयाँ बजारमा दियालो बिक्रीका लागि ल्याउँछन् र त्यहिबाट आएको आम्दानीले गुजारा चलाईरहेका छन् ।

Advertisement

घना जंगलमा गएर संकलन गरेर ल्याएको सल्लाको दियालो बिक्री गरेर खर्च धान्नु टेक बहादुरको बाध्यता हो । एक मुठाको ५० रुपैँयामा दियालो विक्रि गर्ने मगरले निकै जोखिम मोलेर दियालो संकलन गर्नुपर्ने बताउँछन् ।

उनले भने, ‘यतिधेरै दुःख हुन्छ नि कुरै छोड्दिनुस, साुमदायिक वनमा सल्लाको रुख काटन दिदैन, निजिमा अरुले आरा काटेर छोडेको रुखको ठुटा मागेर काट्नुपर्छ त्यो पनि १०० वटा हेर्दा एउटा, दुई वटामा दियालो हुन्छ, कहाँ सजिलो छ र त्यै भएपनि बिकेदेखि त हुन्थ्यो खै त अहिलेको मान्छेले त्यति धेरै किन्दैनन् ।’

कोटे सल्ला प्रजातीको रुखबाट दियालो काटिन्छ । जुन दियालो अहिले गाउँघर तिर चुलोमा आगो सल्काउन प्रयोग गरिन्छ । यसमा प्रज्वलनशिल खोटो हुने भएकाले आगो बाल्न सजिलो हुने गर्दछ । तर यो चलन विस्तारै हराउँदै गएको छ ।

सडक सञ्जाल गाउँगाउँ सम्म पुगेसँगै दियालो प्रयोग गर्नेको जमात बढ्दै जाँदा शअरदेखि गाउँ सम्म नै आगोमा खानो पकाउने क्रम घट्दै गएको छ । टेक बहादुरले दियालो बिक्रीबाट हप्तामा १ हजार रुपैयाँ सम्म आम्दानी गर्छन् भने त्यही आम्दानीबाटै उनले जसो तसो घर खर्च धानिरहेका छन् ।

टेक बहादुरको गुजरा विगत झण्डै एक दशकदेखि यहि पेशाबाट चल्दै आएको छ । तर समयको परिवर्तनसँगै यस्ता पुराना पेशाहरु संकटमा परेका छन् । जसका कारण दियालो बिक्रीबाट घरखर्च टार्दै आएका टेक बहादुर जस्ता कयौँ व्यक्तिहरुलाई सकस परेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै