spot_img

सोलुका डा. शेर्पालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार

spot_img

असार १३, सोलुखुम्बु । सोलुखुम्बुका डा. मिङमार गेल्जेन शेर्पालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी डा. शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।

Advertisement

डा. शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गर्दै आएका छन् ।

Advertisement

यसैगरी मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आएका छन् ।

Advertisement

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउन्डेसनले विविध कार्यक्रम गर्दै आएको जनाएको छ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै